नव निर्मित भवन उदघाटन

डांडादरा एफ एम
बौनिया २८ माघ ।

मोहन्याल गाउपालिका वडा न २ को नव निर्मित वडा कार्यलयको भवन उदघाटन गरिएको छ ।१ हल ३ कोठा सहिल को पक्की भवन निर्माणका लागी मोहन्यल गाउ पालिका ले आर्थिक बर्ष २०७४।०७५ मा २२ लाख बजेट बिनियोजित गरेको थियो । इट्टा र सरिया सिमेन्ट ढुवानीमा महङ्गो परेकोले ३२ लाख लागत खर्च पुगेको वडा अध्यक्ष देबि दक्त उपाध्यायले बताउनुभयो ।भवन उदघाटन ८० वर्षिय समाज सेबि बल बहादुर रावल ले रिबन काटेर गर्नु भएको थियो ।मोहन्याल गाउ पालिका वडा न २ को वडा कार्यलय को पन्डौन मा स्थापना गरिएपछि सेवा ग्राही लाइ सुबिधा भएको छ । वडा न २ का नाउली ,नारङेग ,कोल्तडी ,दानिगौडा ,पिपल्सैन ,आम डाला ,काप्रा ,पानीगाउ ,चिरकट्ते ,बजाडी ,कुन्टापानी ल्गायत का गाउ का बासिन्दा लाइ पायक पर्ने पन्डौन गाउ रहेको स्थानीय भरत शाही ले बताए ।यस वडा न २ को वडा कार्यलय शुखड हुदा वडा बासी लाइ सेवा लिन निकै शास्ती थियोे ।आफ्नै भूगोल को पायज पर्ने गाउ वडा कार्यलय संचालन भए पछि छिटो छरितो ,समय को बचत भयकोले स्थानीय खुशियाली छायको हर्कबहादुर बुचामगर ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *