जग्गा धनी प्रमाण पुर्जा बितरण

निशा कडेल

२७ भदौ बाबियाचाैर, सुर्खेत

चाैकुने गाउपालिका अन्तरगतका विभिन्न वडाहरुका जग्गा धनिहरुलाइ जग्गा धनी प्रमाण पुर्जा बिहिबार बितरण गरिएको छ । चाैकुने काे बेतान, बिजाैरा,मायाताल ताेस्रा,गुटु लगाएतका नागरिक लाई जग्गा धनी पुर्जा बितरण गरिएको अायाेजक ले जनाएको छ । २०२८ र २९ सालमा नापि नक्सा भएका जग्गा ब्लकमा भएका हरुलाई जग्गा धनी पुर्जा बितरण गरिएकाे नापि कार्यालय नापि नक्सा शाखा सुर्खेतका नापि अधिकृत राजेन्द्र थापा बताउनुभएको छ । लामाे समयदेखि प्रतिक्षामा रहेका जग्गा धनी हरु पुर्जा पाएकाे मा खुसि ब्यक्त गरेका छन । बिहीबार गुटुमा भएको पुर्जा बितरण कार्यक्रम मा गाउपालिका अध्यक्ष जनप्रतिनिधि लगाएत काे उपस्थित रहेकाे  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *