बृक्षाराेपण कार्यक्रम सम्पन्न

 

४ असाेज बाबियाचाैर, सुर्खेत

संबिधान दिवशकाे अवसरमा पञ्चपुरी नगरपालिका काे वडा नं ६ मा शनिवार बृक्षाराेपण कार्यक्रम सम्पन्न गरिएको छ । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं भन्ने नाराका साथ असाेज २, ३ र ४ गते चौथो संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाईएकाे छ । वडा नं ६ काे यसै बर्ष भवन निर्माणकाे काम सुरुवात हुने भएको ले वडा कार्यालय क्षेत्रकाे वरिपरि विभिन्न जातका बिरुवा लगाईएकाे वडा नं ६ का अध्यक्ष खड्क बहादुर थापाले जानकारी दिनुभएको छ ।

करिव ८ राेपनि जग्गा रहेकाे वडा कार्यालयकाे भवन निर्माण क्षेत्रमा तेजपात,दालचिनि, अशाेक का बिरुवा राेपिएकाे छ ।कार्यक्रम मा पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ती रेग्मी , नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापा कर्मचारी शिक्षक समाजसेवी जनप्रतिनिधि लगाएतकाे उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *