रेबिज बिरुद्ध बक्तृत्वकला सम्पन्न

निशा कडेल

९ असाेज, बाबियाचाैर,सुर्खेत

रेबिज हटाउन खाेप नारा सहित १३ अाै बिश्व रेबिज दिबश कार्यक्रम   विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका पशु सेवा शाखा बाबियाचाैरकाे अायाेजनामा भएको कार्यक्रम मा बक्तृत्वकला तथा रेविज खाेप कार्यक्रम गरिएको छ । पशुपन्क्षी राेग अन्बेषण प्रयाेगशाला सुर्खेत काे सहयोगमा कार्यक्रम संचालन गरिएको हाे । कार्यक्रम मा पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले सबैले अा अाफ्नाे घरमा पालिएका कुकुर बिरालाे लाई खाेप लगाएर रेबिज बाट बच्न अाग्रह गर्नुभएको छ । समुदायमा रेबिज राेगले कसैकाे अकालमा ज्यान नजाअाेस भन्ने उद्देश्य का साथ याे कार्यक्रम अायाेजना गरिएको पशुसेवा शाखा प्रमुख हसना सारुले बताउनुभएकाे छ ।

कार्यक्रम जन सृजना माध्यमिक बिद्यालय तातोपानी का प्रधानाध्यापक हरिप्रसाद ढकालले समुदायका हरेक टाेल टाेलमा पनि रेबिज सम्बन्धि अभियान संचालन गर्न अाबश्यक रहेको बताउनुभएको छ । साथै पशुसेवा शाखा का ले प्रत्येक वडामा रेबिज बिरुद्ध काे खाेप लगाउन सुझाव पनि दिनुभएको छ ।

पञ्चपुरी नगरपालिका अन्तरगत का माध्यमिक बिद्यालयका बिद्यार्थी हरु बिच बक्तृत्वकला प्रतियोगिता गरिएको छ । जसमा बिद्याज्याेति माद्यामिक बिद्यालय बाबियाचाैरका निशा रिमाल प्रथम सुर्य प्रकाश माद्यामिक बिद्यालय पलैटेका चेतना पाण्डे दाेस्राे र जनता माद्यामिक बिद्यालय बिद्यापुर का पुजा पाैडेल तेस्रो भएका छन । कार्यक्रम पञ्चपुरी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत पित्रिभक्त गिरीको अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *