शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न

निशा कडेल ११ असाेज सुर्खेत ।

अधिकार र कर्तव्य का लागि शिक्षक एकता भन्ने उदेश्य सहित नेपाल शिक्षक महासङ्घ चौकुने गाउ कार्य समिति काे अायाेजनामा शुभकामना अादानप्रदान कार्यक्रम अाज गुटुमा सम्पन्न भएको छ । कार्यक्रम काे प्रमुख अतिथि का रुपमा बाेल्दै कर्णाली प्रदेश सभा सदस्य बिन्दमान बिष्टले शिक्षा क्षेत्रकाे बिकास भए मात्रै समाज परिवर्तन हुने बताउनुभएको छ । जब मानिसमा चेतनाकाे बिकास हुन्छ तब मात्रै समृद्धि हुने भएको कारण अाफुले पश्चिम काे शिक्षाको बिकासमा लागि परेको जानकारी दिनुभएको छ ।कार्यक्रम मा गाउपालिका अध्यक्ष धिरबहादुर शाही, उपाध्यक्ष निर्मला राना, हरि अधिकारीले शुभकामना ब्यक्त गर्नुभएको छ । कार्यक्रम शिक्षक महासंघ चाैकुनेका अध्यक्ष दिनेश प्रसाद जोशी अध्यक्षतामा सम्पन्न भएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *