भेटेनरी क्याम्पस निर्माण गर्न शुभकामना अादानप्रदान सम्पन्न

निशा कडेल

१७ असाेज पलैटे सुर्खेत ।

प्राबिधिक धार तर्फकाे भेटेनरी क्याम्पस स्थापनार्थ अभिभावक भेला तथा दशै तिहारकाे शुभकामना अादान प्रदान कार्यक्रम अाज पलैटे मा सम्पन्न भएको छ । सुर्यप्रकाश माध्यमिक बिद्यालय पञ्चपुरी २ पलैटेकाे अायाेजनामा संचालन भएको हाे । भेटेनरी धार समेत संचालन भएको बिद्यालयमा अागामि दिनमा क्याम्पस संचालनका लागि कार्यक्रम अायाेजना गरिएको अायाेजक ले जनाएको छ । भेटेनरी धारमा कक्षा ९ देखि नै बिद्यार्थी हरुले अध्ययन गर्ने गरेकाे बिद्यालयका प्रधानाध्यापक रेशम बहादुर शाहीले बताउनुभएको छ ।

कर्णाली प्रदेशकाे नेपाल सरकार बाट सहयाेग तथा संचालन रहेकाे १ मात्रै बिद्यालयले पशु क्लिनिक समेत संचालन गर्दै अाएकाे छ । कार्यक्रम मा शुभकामना ब्यक्त गर्दै पञ्चपुरी नगरपालिका वडा नं २ का अध्यक्ष जगत बहादुर बिसि ले क्याम्पस निर्माण का लागि सहयोग गर्न अाग्रह समेत गर्नुभएको छ । कार्यक्रम मा कर्णाली प्रदेश सभा सदस्य बिन्दमान बिष्टले बिद्यालय बनाउन बिद्यालय मा राजनिती गर्न नहुने बताउनुभएको छ । क्याम्पस निर्माणका लागि सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै बिष्टले घुमाउरो ढङ्गबाट सुर्य प्रकाश बिद्यालयमा बाहिर बाट शिक्षक सरुवा भएर अाउदा पार्टी परिवर्तन भएर अाउनुपर्ने अबस्था रहेको समेत बताउनुभएको छ । कार्यक्रम काे शुभकामना शन्देश दिदै सुर्खेत निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य नवराज रावतले क्याम्पस निर्माण का लागि सबै पक्षबाट एकजुट भएर लाग्न अनुराेध गर्नुभएको छ । कार्यक्रम बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष नवीन थापाकाे अध्यक्षता मा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *