पञ्चपुरीमा नेपाली कांग्रेस को शुभकामना आदानप्रदान सम्पन्न

२६ असाेज,बाबियाचाैर, सुर्खेत

नेपाली कांग्रेस पञ्चपुरी नगर कार्य समितिले कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। बिजया दशमी, दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको जनाएको छ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।
पञ्चपुरी नगरपालिका बाबियाचौर को गणेशमान स्मृति भवनमा भएको कार्यक्रम मा क्षेत्र नं २ का क्षेत्रीय सभापति लालबिर भण्डारीले दशैमिलन कार्यक्रम पार्टीको प्रत्येक बर्षमा गरिने कार्यक्रम भएको र यसबाट सबै कार्यकर्ता मा सद्भाव कायम गराउन आयोजना गरिएको बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला सचिव टोपबहादुर रावतले विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर सुरु गर्नु भएको चियापान कार्यक्रम ऐतिहासिक भएको बताउनुभयो । उहाँले राष्ट्रिय एकता र मेलमिलाप मुलुकका लागि आज पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।
कार्यक्रम को प्रमुख अथितिका रुपमा बोल्दै पुर्ब सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले पार्टी बलियो बनाउन सबैजना लाग्न जरुरी रहेको बताउनुभएको छ । कांग्रेस ले गरेको बिकास निर्माणका काम हरु नागिकका बिचमा जानकारी गराउन आबश्यक रहेको बताउनभएको छ । भेरी कर्णाली को दोभान को प्रचारप्रसार गरि पर्यटकिय क्षेत्र को रुपमा बिकास गर्न सबै जुट्न समेत आग्रह गर्नुभएको छ । कार्यक्रम नेपाली काङ्ग्रेस नगर कार्य समिति पञ्चपुरीका सभापति नरेन्द्र बहादुर शाहिको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *