बाबियाचौर च्यालेन्ज कप मा शुक्रबार देखी सेमिफाइनल खेल हुने

३० असोज, बाबियाचौर सुर्खेत ।      

तेस्रो बाबियाचौर च्यालेन्जकप फुटबल प्रतियोगिता को चौथो दिन बिहिबार ३ ओटा खेल हरु संचालन भएका छन । बाबियाचौर स्पोर्टस क्लव बाबियाचौरको आयोजनामा भएको फुटबल प्रतियोगिता असोज २७ गते देखी संचालन भएको हो । आज भएका खेलमा पञ्चपुरी स्पोर्टस क्लव बाबियाचौरले पञ्चपुरि वडा नं ४ लाई पेनाल्टी मा पछि पार्दै जित निकालेको छ । त्यस्तै दोस्रो खेलमा आयोजक बाबियाचौर स्पोर्टस क्लब र बराहताल ६ बुटिबिच भएको खेलमा आयोजक ले ० का बिरुद्ध २ गोल गर्दै बिजेता भएको छ । त्यस्तै तेस्रो खेल अन्तरगत बराहताल युवा क्लव तरङ्गा र युनियन क्लव सालकोट बिचको खेलमा बराहताल युवा क्लब का सागर महतारा ले खेलको दोस्रो हाफमा १ गोल गर्दै टिमला जिताएका छन ।


सुर्खेत जिल्ला काे पश्चिम मा सबैभन्दा ठुलाे पुरस्कार राशि रहेको खेलकुदकाे प्रथम पुरस्कार नगद १ लाख रहेको छ । बाबियाचाैर स्पाेर्टस क्लव बाबियाचाैरकाे अायाेजनामा भएको फुटबल प्रतियोगिता काे उप बिजेताले नगद ४० हजार पाउने क्लव का अध्यक्ष क्षितिज थापाले जानकारी दिनुभएको छ । १४ अाेटा टिम सहभागी भएको खेल मैत्रीपूर्ण तवर बाट संचालन हुने अायाेजक ले जनाएकाे छ । प्रत्येक बर्ष दशै तिहारकाे समयमा खेलाईने मैत्रीपूर्ण खेल याे बर्ष अझै महत्त्वका साथ हेरिएको छ । अब भोलि सेमिफाइनल का खेल संचालन हुने आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *