‘मिस नेपाल युएसए’मा १८ प्रतियोगी

 

 

काठमाडौं । ‘मिस नेपाल युएसए–२०१८’ को शीर्ष उपाधिका लागि १८ प्रतियोगी प्रतिस्पर्धामा उत्रिने भएका छन् । विभिन्न चरणको अडिसनबाट छानिएर आएका मध्येबाट अन्तिम १८ स्पर्धामा आएका हुन् ।

अदीति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने,  कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा,  सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई अन्तिम प्रतियोगीताका लागि छानिएका प्रतियोगी हुन् ।

१९ अगस्टमा आयोजना हुने प्रतिस्पर्धाका लागि प्रतियोगीतहरु अहिले  प्रशिक्षणमा छन् । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठले उनीहरुको प्रतिभा निखार्ने काम गरिहेका छन् ।

‘मिस नेपाल युएसए’ प्रतियोगितामा सहभागी अधिकाम्स प्रतियोगीले नेपाल र अमेरिकामा रहेका नेपालीको निम्ति सामाजिक काम गर्ने बताएका छन् ।

इभेन्ट प्लानेट इंकले इप्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको मिस नेपाल युएसएको छैठौं संस्करणको व्यवस्थापन नेपाल ११ इन्टरटेइमेण्टले लिएको छ । टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको कार्यक्रममा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डले समेत साथ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *