देउसी भैलाे राती ९ बजे सम्म मात्रै खेल्न पाइने

 

४ कात्तिक बाबियाचाैर सुर्खेत ।

चाड पर्बलाई मध्येनजर गर्दै पञ्चपुरी ९ काे बिद्यापुर बजार ब्यबस्थापन समिति काे बैठकले अाज विभिन्न निर्णय गरेकाे छ । समाजमा हुने गरेका बिकृतिका बिरुद्ध र अपराधीक घटना कम गराउन प्रहरी नागरिक समाज सराेकारवाला निकाय काे बैठक बसेकाे हाे । बैठकबाट घरेलुु उत्पादित मदिरा र जुवा तास पुर्णरुपमा बन्द गर्ने निर्णय गरेकाे बजार ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिनुभएको छ । रातिकाे १० बजे सम्म पसल बन्द गर्नुपर्ने, देउसी भैलाे राति ९ बजे सम्म मात्रै खेल्ने निर्णय गरिएको छ ।

बिद्यापुर बजार क्षेत्रलाई सरसफाइ राख्न प्लास्टिक र फाेहाेर ब्यवस्थापन गर्ने समेत निर्णय गरेकाे अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *