“देउराली सामुदायिक बनकाे अध्यक्षमा रावल चयन”

४ कात्तिक, बाबियाचाैर सुर्खेत ।

देउराली सामुदायिक बन उपभोक्ता समिति पञ्चपुरि ६ काे बार्षिक चुनावी साधारण सभा साेमबार बाबियाचाैर मा सम्पन्न भएको छ । सामुदायिक बन काे कार्यालय काेे परिसर मा भएको कार्यक्रम मा सामुदायिक बनका करिब १५० जना भन्दा बढी उपभोक्ताहरूकाे काे सहभागी रहेको थियो । साधारणसभाकाे स्वागत मन्तब्य लक्ष्मि दर्लामि ले राख्नु भएको थियो । २६५ भन्दा बढी उपभोक्ता रहेकाे देउराली सामुदायिक बन उपभोक्ता समितिले अार्थिक बर्ष २०७५/०७६ काे ४४ लाख ४८ हजार २ सय ७३ रुपैयाँ १२ पैसा बराबरको अाय ब्यय सामुदायिक बन का काेषाध्यक्ष प्रेम बिष्टले प्रस्तुुत गर्नुभएको छ ।

कार्यक्रम मा प्रमुख अथितिका रुपमा बाेल्दै पञ्चपुरि नगरपालिका वडा नः ६ का वडा अध्यक्ष खड्क बहादुर थापा ले काठ मास्ने मात्रै नभई जाेगाउने काम गरेकाे हुदा देउराली वन पञ्चपुरि भरि कै उत्कृष्ट सामुदायिक बन रहेको समेत बताउनु भएको छ । साधारणसभा बाट ईन्द्र वहादुर रावलकाे अध्यक्षता मा नया कार्यसमिति चयन गरिएको छ । समिति काे उपाध्यक्षमा भुमि सुनार, सचिव छबिलाल बि क,काेषाध्यक्ष नगेन्द्रबहादुर शाही रहनुभएकाे छ । त्यस्तै सदस्यहरुमा प्रेम सुनार, डम्बर बुढा, जुना गाहा, धना बि क र मदन रिमाल रहनुभएकाे छ । साधारणसभा समिति का अध्यक्ष ईन्द्र बहादुर रावलकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *