माध्यमिक तह अध्ययन गर्न २ घण्टा पैदल

४ मंसिर, बाबियाचाैर सुर्खेत ।

बराहताल गाउपालिका वडा नं ६ बिउरेनीका बालबालिकालाई माध्यामिक तह अध्ययन गर्न कठिन हुने गरेकाे छ । अाफ्नै गाउमा माध्यमिक तहकाे पढाइ हुने बिद्यालय नहुदा छिमेकी पञ्चपुरी नगरपालीकाे पलैटेमा पैदल २ घण्टा हिडेर पुग्नुपर्ने बाध्यता रहेकाे छ । करिब १ सय ५० भन्दा बढि घरधुरी रहेको बिउरेनि मा प्राथमिक तहकाे मात्रै बिद्यालय रहेकाे छ । अाधारभुत तह अध्ययन गर्न यज्ञज्याेती अाधारभुत बिद्यालय लामकाने र माध्यमिक तह अध्ययन का सुर्यप्रकाश माध्यमिक बिद्यालय पलैटेमा दिनहु २० जना भन्दा बढि बिद्यार्थी अाउने गरेका छन । घरबाट बिद्यालय जानकाे लागि गाडिमा यात्रा गर्दा दिनहु १ सय भन्दा बढि रकम तिर्नुपर्ने र पैदल हिड्दा अध्याराेमा घर पुग्ने गरेकाे स्थानीय बिद्यार्थी शुरेस बिसिले जानकारी दिएका छन ।

बिहान कहिलेकाही खाना घरमा ढिलाे पाक्दा भाेकै बिद्यालय जानुपर्ने र कहिले काहीँ बिद्यालयमा ढिलाे पुग्ने गरेकाे उनी बताउँछन् । कहिलेकाही अाफु संग भाडा नहुदा संगै का शाथिहरु गाडीमा यात्रा गर्ने गरेकाे र अाफु पैदल २ घण्टा हिडेर बिद्यालय पुगेकाे तिताे सत्य डाडादरा लाई सुनाएका छन । स्थानीय सरकारले बालबालिकालाई बिद्यालय पुग्न गाडी भाडामा छुट दिने ब्यवस्था मात्रै गरेकाे भए पनि धेरै राहत हुने बिद्यार्थी हरुले बताएका छन । बिहान बिद्यालय पुग्न र साझ घर फर्कन समय ठिक्क हुने हुदा गृहकार्य र पढ्ने समयनै ब्यवस्थापन गर्न नसकिने गरेकाे बिद्यार्थी ले दुखेसो समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *