BEBS आइडलको उपाधी प्रतिभा रावत लाइ

(डाडादरा एफएम) निशा कडेल
६ मंसिर, बाबियाचौर सुर्खेत ।

बाबियाचौर माध्यमिक ईङ्लिस बोर्डिङ्ग स्कुलको आयोजनामा भएको को प्रथम बि ई बि एस आईडल शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका को बाबियाचौरमा असोज पहिलो साता देखि सुरु भएको गायन प्रतियोगिता मा ५४ जना बिद्यार्थी को सहभागीता रहेको थियोे । स्थानीय प्रतिभा को खोजि का लागि प्रतियोगिता सुरु गरिएको बिद्यालयका प्रिन्सिपल रुपेन्द्र कुमार यादबले बताउनु भएको छ । आईडलको फाईनल राउण्ड मा प्रतिभा रावत प्रथम, बिबस राम्जालि द्धितिय, सलिना बि सि तृतिय र शिशिर बि क चौथो भएका छन ।

पहिलो पटक सुरुवात गरिएको आइडल मा उल्लेखनीय सहभागीता रहेको र यसलाई प्रत्येक बर्ष निरन्तर रुपमा लैजाने बिद्यालयका शिक्षक लोकेश सिंहले बताउनुभएको छ । करिब ४ सय भन्दा बढि बिद्यार्थी अध्ययनरत बिद्यालय ले बिद्यार्थी को हितका लागि विभिन्न कार्यक्रम हरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *