सचेतना कार्यक्रम सम्पन्न

(डाडादरा एफएम) १२ मंसिर, बाबियाचौर सुर्खेत ।

पञ्चपुरी नगरपालिका को आयोजनामा “यात्रामा रहेका तथा जोखिममा परेका बालबालिका को संरक्षण का लागि स्थानीय तहमा सचेतना र पैरवी कार्यक्रम बाबियाचौरमा सम्पन्न भएको छ । डुकुम संस्था को आर्थिक सहयोग र आवाज संस्था को सहजीकरणमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बालबालिको संरक्षण हेरचाह, बर्तमान अवस्था र सरोकारवाला ले गर्नुपर्ने बिषयमा छलफल गरिएको हो । पञ्चपुरी नगरपालिका को सभाहल मा भएको कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, विषयगत कार्यालय, संघ संस्था प्रतिनिधि ,बालसंरक्षण समिति लगाएतको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *