बक्तृत्वकला प्रतियोगिता सम्पन्न

(डाडादरा एफएम ) १३ मंसिर, बाबियाचौर( सुर्खेत ।

लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियान को अवसर पारेर बक्तृत्वकला प्रतियोगिता बाबियाचौरमा सम्पन्न भएको छ । डुकम संस्था को आर्थिक सहयोग र आवाज संस्थाको आयोजनामा “गन्तव्य विहीन र जोखिममा रहेका बालबालिका को संरक्षणमा युवा को भुमिका“ भन्ने शीर्षक मा प्रतियोगिता भएको हो । पञ्चपुरी नगरपालिका वडा न ५ को विद्याज्योति माध्यामिक विद्यालयको प्राङ्गणमा भएको प्रतियोगीतामा सुर्य प्रकाश माध्यामिक विद्यालय पलैटे र विद्याज्योती माध्यामिक विद्यालय बाबियाचौरका गरी ९ जना बिद्यार्थीको सहभागिता रहेको आवाज संस्था का सामाजिक परिचालक तेज रोकायले जानकारी दिनुभएको छ ।
प्रतियोगिता मा बिद्याज्योती माद्यामिक विद्यालय कि निशा रिमाल प्रथम, सुर्य प्रकाश माद्यामिक विद्यालय पलैटेका लक्ष्मण पौडेल दोस्रो, सुर्य प्रकाश कै डिलु धिताल तृतीय र विद्याज्योति माद्यामिक विद्यालय कि जुनकली राना मगर सान्त्वना हुनुभएको छ । विद्याज्योती माध्यामिक बिद्यालय का सहायक प्रधानाध्यापक तिर्थराज भण्डारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता अतिरिक्त कार्यक्रम संयोजक शिक्षक शेर बहादुर देउवाले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published.