स्वास्थ्य स्वयंसेबिका लाइ मासिक १ हजार दिन्छौं “नगर प्रमुख थापा”

(डाडादरा एफएम) १९ मंसिर, सुर्खेत ।
गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेबिका, स्वास्थ्य प्रबर्द्धन मा अहम भुमिका भन्ने मुलनारा सहित १६ औ महिला स्वास्थ्य स्वयंसेबिका दिवस बाबियाचौरमा सम्पन्न भएको छ । स्वास्थ्य स्वयंसेविका कारण मातृ मृत्युुदर र शिशुमृत्युदरमा कमि आएको र अझै पनि पञ्चपुरी नगरपालिका मा २० प्रतिशत खोप नपाएको अवस्था रहेको हुदा यस बिषयमा सबै समुदाय लाग्न जरुरी रहेको नगर स्वास्थ्य शाखाका प्रमुख शुबर्ण राज केसीले बताउनुभएको छ । कार्यक्रम मा स्वयंसेबिका निर्मला सिंहले आमाको गर्भमा बच्चा बसेदेखी ५ बर्षसम्म स्वयंसेबिकाहरुको जिम्मेवारी रहने भएको हुदा वडा तथा नगरस्तरबाट स्वयंसेबिका लाई प्रोत्साहनका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
स्वास्थ्य स्वयंसेविका पबित्रा बिसी ले स्वयंसेबिका हरुलाइ पनि नगरस्तरिय कार्यक्रम र बजेटमा सहभागी गराउन आग्रह गर्नुभएको छ । स्वयंसेवा नै महत्त्वपूर्ण सेवा रहेको हुदा आफुले स्वयंसेविका पेशा नछाड्ने समेत बताउनुभएको छ ।

कार्यक्रम मा पञ्चपुरी नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले स्वयंसेविका को काम को उच्चमुल्यांकन गरेको र आगामि दिनमा नगरपालिकाले स्वयंसेविका दिवश क्यालेण्डरमा समाबेश गरेर मनाउने समेत बताउनुभयो ।साथै उहाले आगामि दिनमा वडा स्तरबाट अध्यक्ष तथा जनप्रतिनिधि हरुले नगरपालिकामा योजना ल्याउन आग्रह गर्नुभएको छ । कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नं ६ का अध्यक्ष खड्कबहादुर थापाले सबै वडा अध्यक्ष संग छलफल गरि स्वास्थ्य स्वयंसेबिका को मागलाई प्रमुख प्राथमिकता दिने बताउनुभएको छ । साथै स्वास्थ्य क्षेत्र मा सल्लाह सुझाव दिएर रोग लाग्न नदिनको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भएको हुदा सबैभन्दा पहिलो डाक्टर स्वयंसेबिका नै भएको समेत बताउनुभयो ।
कार्यक्रम मा प्रमुख अतिथीका रुपमा बोल्दै पुर्व सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टले स्वयंसेबिकाले अकालमा ज्यान जोगाउन सहयोग गर्ने भएको हुदा स्थानीय तहबाट सहयोग गर्न आफुले पनि पहल गर्ने बताउनुभएको छ । कार्यक्रम समापन गर्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले नगरपालिका ले सुत्केरी प्रोत्साहन भत्ता को सुरुवात गरेको र आगामि आ.ब. देखी कार्यबिधि बनाएर नगरपालिकाले प्रत्येक महिना १ हजार का दरले खाजा खर्चको समेत ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारले स्वयंसेविका को भुमिका लाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले १० हजार प्रोत्साहन बापत प्रदान गरेको रकम बितरण गरिएको छ । पञ्चपुरी नगरपालिका भित्र का ९६ जना स्वयंसेविका हरु सेवामा परिचालन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *