र्‍याफ्टिङ गाईड तालिम शुरु- डाडादरा एफएम ।


४ पाैष बाबियाचाैर, सुर्खेत ।
तल्लो कर्णाली जलाधार क्षेत्रका नदिमा अाश्रित समुदाय लाई अात्मनिर्भर गराउन २ हप्ते र्‍याफ्टिङ गाईड तालिम शुक्रबार देखि पञ्चपुरी मा सुरु भएको छ । बर्दिया, कैलाली र सुर्खेत जिल्ला का गरि २० जनाकाे सहभागीता रहेकाे छ । यु एस ए अाई डि पानी परियोजना काे सहयाेग नेपाल खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल काे अायाेजनामा पञ्चपुरी ९ काे रागमा तालिम सुरु भएको हाे । तालिम काे उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य बिन्दमान बिष्टले र्‍याफ्टिङ तालिमले पर्यटन बर्ष २०२० लाई थप सहयोग पुग्ने समेत बताउनुभएको छ । तालिममा पानी परियाेजना का जलाधार ब्यवस्थापन बिशेषज्ञ बन्दना अवस्तीले पानी परियाेजना र तालिमको उद्देश्य माथि प्रस्ट पार्नुभएकाे छ । नदि किनारमा रहेका राजी, साेनाह र चाैधरी समुदायलाई तालिम संचालन गरिएको प्रशिक्षक देबराज जैशीले जानकारी दिनुभएको छ । तालिम काे उद्घाटन शत्र वडा अध्यक्ष शान्तिराज खरालकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *