पञ्चपुरी वडा नं ६ द्वारा राेकाय लाई सम्मान ।

 

डाडादरा एफएम ‍- १३ पाैष, बाबियाचाैर- सुर्खेत ।।

१३ अाै दक्षिण एशियाली खेलकुद साग मा कास्यपदक ल्याउने पञ्चपुरी वडा नं ६ का खेलाडी टेकबहादुर रेकाय लाई सम्मान गरेकाे छ । पञ्चपुरी वडा नं ६ काे कार्यालयले सम्मान कार्यक्रम काे अायाेजना गरी दाेसल्ला र प्रमाणपत्रले सम्मान गरेकाे हाे । राेकायले नेपालकाे तर्फबाट १३ अाै सागकाे खाे खाे खेलमा टिमकाे कप्तान काे भुमिका निभाउनुभएकाे हाे । सम्मान कार्यक्रम मा वडा नं ६ का अध्यक्ष खड्कबहादुर थापाले खेलाडी ले खेलकुदलाई निरन्तरता दिन सके सफलतामा अबश्य पुग्न सकिने बताउनुभएको छ ।अन्तर्राष्ट्रिय स्तरमा बाबियाचाैरकाे नाम राख्ने राेकाय जस्तै अरु खेलाडी पनि उत्पादन गर्न वडा स्तर बाट पनि अाफुले सक्दाे सहयोग गर्ने समेत बताउनुभएको छ । कार्यक्रम मा नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नं २ का सभापति लालबिर भण्डारी ले बधाई ज्ञापन गर्दै थप सफलताको शुभकामना समेत दिनुभएको छ । सम्मान ग्रहण गर्दै राेकायले खेलकुद अाफुलाई स्थानिय निकायले गरेको सम्मान प्रति खुसी ब्यक्त गर्दै अझै अगाडि बढ्ने प्रेरणा मिलेकाे समेत बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *