छाउपडि प्रथा अन्त्य का लागि पञ्चपुरीमा अभियान सुरु

(डाडादरा एफएम) १८, पौष बाबियाचौर सुर्खेत ।
छाउपडि प्रथा अन्त्य गर्नका लागि पञ्चपुरीमा अभियान सुरु गरिने भएको छ । कर्णाली प्रदेशका सुर्खेत र दैलेख जिल्लामा रहेका सबै छाउगोठ भत्काउन दुवै जिल्लाका प्रशासन कार्यालयले अग्रसरता देखाएपछि नगरपालिकाले पनि अभियान सुरु गर्ने भएको हो ।
शुक्रबार पञ्चपुरी नगरपालिका ले छाउपडि प्रथा अन्त्यका लागि समिति समेत गठन गरेको छ । सामुहिक रुपमा प्रतिबद्धता गर्दै जनप्रतिनिधिहरुले जनचेतनामुलक कार्यक्रम संचालन गर्ने समेत निर्णय समेत गरेका छन । नगरपालिका, प्रहरी, जनप्रतिनिधी लगाएत सरोकारवाला निकायको सहभागिता मा छाउगोठ भत्काउने अभियान सुरु गर्नलागेको नगर प्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ । शनिबार पञ्चपुरी नगरपालिका को वडा नं ४ मा छाउगोठ भत्काउन सुरु गरिने भएको छ ।
गृहमन्त्रालयले छाउगोठ तत्काल भत्काउन निर्देशन दिएपछि प्रशासन तातेको हो । सुर्खेत जिल्लामा १८ सय र दैलेख जिल्लामा ३ सय १८ छाउगोठ रहेको अनुमान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सुर्खेतका चौकुने गाउँपालिकामा चार सय, बराहताल गाउँपालिकामा एक हजार र पञ्चपुरी नगरपालिकामा ४ सय छाउगोठ रहेका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारी वकिल कार्यालय प्रमुख र जिल्ला प्रही कार्यालय प्रमुखको एक समिति बनाई स्थानीय तहसँग सोझै समन्वय गर्दै छाउगोठ भत्काउन टोली परिचालन गरिएको छ ।
सुर्खेतमा छाउगोठ भत्काउने अभियान २० वर्ष पहिले गैरसरकारी संस्थाहरूले शुरू गरेको भएपनि त्यो दिगो नभएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *