खमारीखाेलाकाे साधारणसभा सम्पन्न

(डाडादरा एफएम) १९, पौष बाबियाचौर सुर्खेत ।

साधारणसभा सम्पन्न खमारीखाेला लघु जलविद्युत अायाेजनाकाे दाेस्राे बार्षिक साधारणसभा अाज बाबियाचाैरमा सम्पन्न भएको छ । अायाेजनाले अार्थिक बर्ष २०७५/ ०७६ काे ४६ लाख ४५ हजार ८ सय ७९ रुपैयाँ ५२ पैसा बराबरको अाय ब्यय प्रस्तुत गरेको छ । १ हजार ८० जना शेयर सदस्य रहेकाे अायाेजनामा १ हजार २ सय ४६ जनाले बिधुत उपयाेग गरिरहेका छन । अायाेजनाले संस्थापक कार्यसमितिलाई सम्मान समेत गरेकाे छ । कार्यक्रम मा नगरप्रमुख उपेन्द्र बहादुर थापाले बाबियाचाैरमा संचालन भएका दुईवटा नै बिधुत लाई एकीकरण गर्न सकेमा थप प्रभावकारी हुने भएको हुदा यसको लागि सबैले अाफ्नाे ठाउबाट पहल र सहयोग गर्न अाबश्यक रहेको बताउनुभएको छ । साधारणसभा अायाेजनाका अध्यक्ष जीवन ढुङ्गानाकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *