नेकपा का दर्जन कार्यकर्ता काङ्ग्रेस मा प्रबेश

(डाडादरा एफएम ) २२ पाैष, सुर्खेत ।

नेपाली काग्रेस पञ्चपुरी नगरपालिका वडा नं ५ को मुरमुरी र तिखाकुनामा वडा कमिटी गठन गरिएको छ । मुरमुरीमा केश ब शाही र तिखाकुनामा शिवराम देवकोटाको सभापतित्वमा टोल कमिटी गठन गरिएकाे हाे । कार्यक्रम मा जानकी राजी सहित १२ जना कार्यकर्ता नेकपा परित्याग गरि नेपाली काग्रेसमा प्रबेश गरेकाे नेपाली काग्रेस ट्रेड युनियन कर्णाली प्रदेश सदस्य नारायण खरेलले जानकारी दिनुभएको छ । नेपाली काङ्ग्रेस प्रदेश नं २ ख का सभापति कृपाराम थापा, पञ्चपुरी नगर कार्यसमिति सभापति नरेन्द्र शाही लगाएतका नेताहरुले नवं प्रवेशीलाई स्वागत गर्दै  विभिन्न कमिटीको जिम्मेवारी समाल्नु भएका कार्यकर्ताहरुलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ । नेपाली काङ्ग्रेस ले पछिल्लो चरणमा संगठन बिस्तार काे कामलाई अगाडि बढाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *