सुर्यप्रकाशमा खेलकुद सप्ताह सुरु ।

(डाडादरा एफएम ) २३ पाैष, सुर्खेत ।

सुर्यप्रकाश माध्यमिक बिद्यालय पञ्चपुरी २ पलैटेमा मार्च पास सहित बुधबार देखि खेलकुद सप्ताह सुरु भएको छ । बिद्यार्थीहरुमा खेलकुद बिकास गर्नका लागि सप्ताहब्यापी छात्र छात्राहरु बिच खेलकुद प्रतियोगिता गरिने भएको छ । खेलकुद प्रतियोगितामा एथलेटिक्स भलिबल, कबड्डी लगाएतका विभिन्न खेलहरु समाबेश गरिएको बिद्यालय का प्रधानाध्यापक गणेश कुमार ढकाल ले बताउनुभएको छ । प्रतियोगिता मा छनाैट भएका खेलाडी हरुलाई विभिन्न नगर प्रदेश तथा जिल्ला स्तरमा हुने प्रतियोगितामा सहभागी गराउन सहयोग हुने भएको छ । शैक्षिक गुणस्तर वृद्धि गर्न खेलकुद काे पनि महत्त्वपूर्ण भुमिका रहने भएको हुदा बिद्यालय ले यस्तो याेजना अघि सारेकाे जनाएको छ । खेलकुद प्रतियोगितामा कक्षा ५ देखि १२ सम्मका करिव १३ सय बिद्यार्थी ले प्रतिस्पर्धा गर्ने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *