रेडियो को भवन निर्माणका लागि २ लाख रकम संकलन,

(डाडादरा एफएम ) २५ पौष, सुर्खेत ।
डाडादरा संचार सहकारी द्वारा संचालन भएको डाडादरा एफएम को भवन निर्माण का लागि प्रवाशी नेपाली हरुबाट २ लाख भन्दा बढि रकम संकलन भएको छ । बिहिवार सम्म मात्रै २ लाख २ हजार ३ सय ५ रुपैयाँ संकलन भएको छ । केही समयपछि डाडादरा एफएम ले आफ्नै भवन बाट प्रसारण सेवा बिस्तार गर्ने भएको हुदा भवन निर्माण को काम तिब्ररुपमा अघि बढिरहेको छ । पञ्चपुरी ५ घर भई हाल महाराष्ट्र भारतमा बस्दै आउनुभएका भवानी प्रसाद कडेल ले प्रवाशमा रहेर पनि आफ्नो जन्मभुमि नेपाल र सञ्चारको माध्यम रेडियो को सहयोग गर्न पाउँदा खुसि भएको बताउनुभएको छ ।
त्यस्तै अर्का सहयोगी भाबेश सापकोटाले खुला हृदय ले आफुले सहयोग गरेको र आफ्नै क्षेत्रमा रहेको रेडियो बनाउनु एउटा नेपाली नागरिक को कर्तव्य भएको समेत बताउनुभयो । कोरीयामा रहेका दिपेश अधिकारीले आम्दानी गर्नु मात्रै नभई आफ्नो देश नेपाल का लागि केही गर्नुपर्ने मा समेत जोड दिनुभएको छ । साथै उहाले सम्पुर्ण नेपाली दाजुभाइले खुला हृदय ले आबश्यक सहयोग गर्न समेत आग्रह गर्नुभएको छ । सञ्चार क्षेत्रको बिकास गर्न प्रबाशि नेपालिहरुले सामाजिक संजाल फेसबुकमा समूह बनाएर रकम संकलनको अभियानलाइ तिब्रता दिएका छन । देश बिदेशमा रहनुभएका ३० जना भन्दा बढि नेपालीहरुले सहयोग गरेको र अझै सहयोग रकम बढ्ने रेडियो का सहकर्मी दिलिप कडेलले भारतको महाराष्ट्रबाट जानकारी दिनुभएको छ । यता डाडादरा सञ्चार सहकारी का अध्यक्ष रामबहादुर बिष्टले नेपालीहरु ले गरेको सहयोगको उच्च मुल्यांकन गर्दै सम्मान समेत गर्ने बताउनुभएको छ । १ सय वाट क्षमता रहेको रेडियोले भवन निर्माणको काम सकिएपछि श्रोता को माग लाई मध्यनजर गर्दै पञ्चपुरी ७ का छाप्रेमा सव स्टेसन राख्ने लक्ष्य राखेको छ । भवन निर्माणकार्य को सहयोग रकम संकलनका लागि रेडियोकर्मी दिलिप कडेलले प्रवाशी नेपाली हरु संग भेटघाटमा हाल भारतमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *