शिक्षक संघमा आबद्ध ४० जना शिक्षक सम्मानित ।

(डाडादरा एफएम ) २६ पौष, सुर्खेत ।
नेपाल शिक्षक संघ पञ्चपुरी को आयोजनामा नव नियुक्त स्थायी शिक्षक सम्मान कार्यक्रम पञ्चपुरी को बाबियाचौरमा सम्पन्न भएको छ । “शिक्षकको मर्या्दित पेशा बिद्यार्थी हरुलाइ जीवनउपयोगी शिक्षा“ भन्ने नारा रहेको संघ मा नेपाली काङ्ग्रेस आवद्द शिक्षकहरु सदस्य रहेका छन ।
सम्मान कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले शिक्षकहरुले ब्यबहारिक शिक्षा दिदै समाज रुपान्तरण मा सहयोग गर्नुपर्ने बताउनुभयो । साथै उहाले शिक्षक संघका शिक्षकहरुले नेतृत्व गरेको बिद्यालय हरेक दृष्टिकोण बाट उत्कृष्ट बनाउन समेत आग्रह गर्नुभएको छ । कार्यक्रम मा बोल्दै पुर्ब सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टले भोलिको नेतृत्व गर्ने जिम्मेवारी शिक्षक भएको हुदा त्यसको जग नेपाल शिक्षक संघलाई बलियो बनाउन आग्रह गर्नुभएको छ । शिक्षक जो जहाँ कार्यरत भए पनि आफ्नो क्षेत्रमा रचनात्मक रुपमा काङ्ग्रेस बलियो बनाउनुपर्ने बताउनुभएको छ । शिक्षक संघले संचालन गरेको ज्ञानपुञ्ज सहकारीलाई शेयर बृद्धी गर्दै बचतलाई निरन्तरता दिनेभएको छ ।
शिक्षक संघले नव नियुक्त पञ्चपुरीका ४० जना शिक्षहरुलाई सम्मान गरेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका पञ्चपुरी नगर कार्यसमिति का सभापति नरेन्द्र शाहि, सुर्खेत प्रदेश नं २ (ख) का सभापति कृपाराम थापा, क्षेत्रीय सभापति लालबिर भण्डारी लगाएतले शुभकामना दिनुभएको छ । कार्यक्रम नेपाल शिक्षक संघ पञ्चपुरी का अध्यक्ष प्रेम बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *