नेपाली काग्रेस पञ्चपुरी ९ को रागमा टोल भेला सम्पन्न ।

(डाडादरा एफएम) २८ पौष, सुर्खेत ।
नेपाली काग्रेस पञ्चपुरी नगरपालिका वडा नं ९ अन्तरगत टोल नं १ राग को टोल भेला सोमबार रागमा सम्पन्न भएकोे छ । भेलाले टोल नं १ मा चक्रबहादुर शाहिको सभापतित्वमा १५ सदस्यिय टोल कमिटि गठन गरेको छ । त्यस्तै उप सभापती मा जयपाल शाही सचिवमा डिल्ली सापकोटा र कोषध्यक्षमा तुलसी पौडेल रहनुभएको छ । त्यसै गरी भेलाले लक्ष्मी सुबेदीको अध्यक्षतामा १५ सदस्यिय महिला संघ समेत गठन गरेको बिद्यापुरबाट डिल्लीराम घिमिरे ले जानकारी दिनुभएको छ । भेलाको सम्बोधन गर्दै नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नं २ का सभापति लालबिर भण्डारी ले पार्टी बलियो बनाउन सबै कार्यकर्ता सक्रिय रुपमा लाग्न आग्रह गर्नुभएको छ ।
त्यस्तै नेपाली काङ्ग्रेस प्रदेश नं २ (ख) का सभापति कृपाराम थापाले कार्यकर्ताहरुलाई सफल कार्यकालको शुभकामना समेत ब्यक्त गर्दै कांग्रेसले गरेको बिकास समुदाय सम्म जानकारी दिन आबश्यक रहेको बताउनुभएको छ । भेला नेपाली कांग्रेस वडा नं ९ का सभापती तिलकराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *