पञ्चपुरीमा अाैद्यागिक ग्राम स्थापना हुने ।

( डाडादरा एफएम ) २९ पाैष, सुर्खेत । सुर्खेत काे पञ्चपुरी नगरपालिकामा अाैद्याेगिक ग्राम स्थापना हुने भएको छ । पञ्चपुरी नगरपालिका र उद्याेग मन्त्रालय बिच मंगलबार सम्झाैता समेत भएको छ । देशभरिका ३५ अाेटा ग्राम स्थापनामा कर्णाली प्रदेशको डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका र सुर्खेत काे पञ्चपुरी नगरपालिका छनाैट भएका छन । स्थानीय रुपमा रहेका उद्याेग काे स्थापना र बिकास गर्नकाे लागि पञ्चपुरी ६काे चतुरे र ८ काे दुलालथाई बिचकाे जंगललाई सामुदायिक बनले अाैद्याेगिक ग्राम स्थापनाका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरेका हुन । तत्काल ग्राम स्थापना गर्न करिव १५ बिघा जमिन अावश्यक पर्ने भएको छ । अाैद्याेगिक ग्राम स्थापनाका लागि उद्योग मन्त्रालयबाट पुर्वाधार तयार तथा डिपिअार का लागि ९२ लाख रकम उपलब्ध हुने नगर प्रमुख उपेन्द्र बहादुर थापाले जानकारी दिनुभएको छ । अाैद्याेगिक ग्राम स्थापना गर्नु भनेको पञ्चपुरीकाे बिकास अगाडि बढ्नुभएकाे हुदा यसकाे बिकासमा सबै नागरिक काे सहयोग अाबश्यक रहेकाे नगर प्रमुख थापाले बताउनुभयो । त्यस्तै पञ्चपुरी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देबकाेटाले स्थानीय स्तरका लघु उद्याेग काे बिकास हुने समेत बताउनुभयो । अाैद्याेगिक ग्रामका लागि करिब ५ महिना अघिदेखि प्रकृया अगाडि बढाईएकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *