कम्प्युटर कक्षा तालिम सञ्चालन

( डाडादरा एफएम ) ५ माघ, सुर्खेत ।

बाबियाचाैर कन्सल्टेन्सीकाे अायाेजना मा ३ महिने कम्प्युटर बेसिक काेर्ष तालिम अाज देखि बाबियाचाैरमा सुुरु भएको छ । पञ्चपुरी नगरपालिका काे अार्थिक सहयोग मा संचालन भएको तालिममा नगरपालिका भित्र का ५० जना भन्दा बढिकाे सहभागीता रहेकाे छ । कार्यक्रम काे उद्घाटन शत्रमा बाेल्दै वडा नं ६ का वडा अध्यक्ष खड्कबहादुर थापाले तालिम सिकेर ब्यवसायिक रुपमा अाफ्नाे सीप बिकाउन सक्ने क्षमता बनाउन अाग्रह गर्नुभएको छ । त्यस्तै नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नं २ का सभापति लालबिर भण्डारीले बेसिक काेर्ष संगै डिप्लोमा काेर्ष काे लागि नगरपालिका ले पहल तथा सहयोग गर्न अाग्रह समेत गर्नुभएको छ । कार्यक्रम का प्रमुख अतिथि नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले जुनसुकै कार्यालय मा कम्प्युटर अाबश्यक पर्ने भएको हुदा र पैसाकाे अभावमा कम्प्युटर सिक्न बाट बञ्चित भएका हरुकाे लागि अबसरकाे सृजना गरेकाे बताउनुभएको छ ।

तालिमका सहभागीले निरन्तरता का साथ सहभागीले समय सदुपयोग गरि सिक्न अाग्रह समेत गर्नुभएको छ । अागामि अार्थिक बर्षमा डिप्लोमा काेर्ष अध्ययनका लागि अाफुले नगरपालिका बाट बजेट उपलब्ध गराउने समेत बताउनुभएको छ । कार्यक्रम का सभापति लाेकेन्द्र रावलले सहभागी हरुकाे क्षमता बिकास गर्न हरबखत सक्रियता का साथ सिकाउने बताउनुभएको छ । साथै उहाले नगरपालिका ले गरेकाे सहयोगकाे उच्च कदर गर्दै अागामि दिनमा पनि सहयोग काे अपेक्षा राख्नुभएको छ । कन्सलटेन्सीले बिगत देखि कम्प्युटर कक्षा, अतिरिक्त कक्षा, लाेकसेवा अायाेग तयारी कक्षा विभिन्न सिपमुलक तालिम संचालन गर्दै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *