पञ्चपुरी ८ का जेष्ठ नागरिक लाई न्यानो कपडा बितरण

( डाडादरा एफएम ) १३ माघ,सुर्खेत ।
पञ्चपुरी नगरपालिका वडा नं ८ द्वारा जेष्ठ नागरिक हरुलाई आज एक कार्यक्रम का बिच सम्मान गरेको । वडा भित्र रहेका ७० बर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको हो । चिसो मौसमलाई मध्य नजर गर्दै १५२ जना जेष्ठ नागरिकलाइ न्यानो कपडा बितरण गरिएको छ । सम्मान कार्यक्रममा बोल्दै वडा नं ८ का अध्यक्ष भक्तिप्रसाद पौडेलले आफ्नो आमा बुवाको हेरचाह र उचित पालनपोषण गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।
यसबर्ष देखि सुरु गरिएको सम्मान कार्यक्रम आगामि बर्षहरुमा पनि निरन्तरता दिने समेत बताउनुभयो । न्यानो कपडा पाएकोमा खुसी हुदै वडा नं ८ का जेष्ठ नागरिक लक्ष्मीप्रसाद कडेलले वडा कार्यालय र स्थानीय सरकारलाई धन्यवाद समेत दिनुभएको छ । आज सम्मान लिन छुटेका जेष्ठ नागरिक लाई घरमै पुगेर सम्मान गर्ने वडा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *