दहसान्नेकाे बिद्यालयमा योगदान पु¥याउने ३ जना सम्मानित ।

(डाडादरा एफएम) १६, माघ सुर्खेत ।
शिद्देश्वरी माद्यामिक बिद्यालय पञ्चपुरी ८ दहसान्नेको ४० औ बार्षिकउत्सब तथा अभिभावक भेला आज दहसान्नेमा सम्पन्न भएको छ । स्थापना कालको ४० औ बर्ष पूरा गरेको बिद्यालयले आज बिद्यालय निर्माणका लागि ७ रोपनी जग्गा दान गर्ने रामप्रसाद घिमिरेलाई लाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ । त्यस्तै बिद्यालय को सस्थापक प्रधानाध्यापक लक्ष्मि प्रसाद घिमिरे स्स्थापक अध्यक्ष धनिराम खनाल र माद्यामिक तह बजाउन पहल गर्ने पुर्ब बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कर्णध्वज तारामिलाई समेत सम्मान गरेको छ ।
कार्यक्रम का प्रमुख अतिथि पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्रबहादुर थापाले बिद्यालय राम्रो हुनको लागि त्रिपक्षीय एकता हुन जरुरी रहेको बताउनुभयो । अभिभावक शिक्षक र बिद्यार्थी को एकता भएमा बिद्यालय ले सोचेको उपलब्धि र शैक्षिक गुणस्तर बृद्धि हुने मा समेत जोड दिनुभयो । थापाले पञ्चपुरीको समग्र शैक्षिक बिकास का लागि नगरपालिका बाट स्वयंसेवक शिक्षक, बिद्यार्थी लाई बिद्यालय टिकाउन खाजा ल्याउन को लागि टिफिन बकस समेत बितरण गरेको समेत जानकारी दिनुभयो ।
जग्गादाताको तर्फबाट बोल्दै डिल्लीराम घिमिरेले प्रबिधि को बिकास संगै अगाडि बढेको बिद्यालय को भौतिक संरचना र त्यसको सहि सदुपयोग भएमा थप सफलता प्राप्त हुने समेत बताउनुभयो । बार्षिकउत्सब बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष भक्ति पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *