पञ्चपुरीकाे छैटौं नगरसभा सम्पन्न ।

(डाडादरा एफएम ) २ ,फागुन सुर्खेत ।

पञ्चपुरी नगरपालिका काे छैटौं नगरसभा हिउदे अधिबेशन बाबियाचाैरमा सम्पन्न भएको छ । नगरसभाले अार्थिक बर्ष २०७६/०७७ मा बिनियाेजन गरेकाे बजेटकाे समीक्षा, बिषयगत शाखाका उपलब्धि चुनाैतिका बारेमा समेत छलफल गरिएको छ । नगरसभाबाट मेला संचालन कार्यबिधि २०७६, अाधारभुत तह अन्तिम परीक्षा संचालन ब्यवस्थापन तथा नियमन कार्यबिधी २०७६ लाई पारित समेत गरेकाे छ ।

नगरसभाका सदस्य हरुले बाढीपीडितकाे ब्यवस्थापन, खानेपानी ब्यवस्थापन, छाउपडि प्रथाकाे ब्यवस्थापन का लागि याेजना तथा कार्यान्वयन गर्न समेत नगरकाे ध्यानाकर्षण गराएका छन । नगरपालिका ले यसै अार्थिक बर्षमा सबै वडामा ईन्टरनेटकाे पहुच पुर्‍याउने काम समेत अघि बढाएकाे छ । त्यस्तै नगरकार्यपालिकाले खेलकुद बिकास समिति गठन गरि खेलकाे बिकासका लागि अाबश्यक पहल गर्ने भएको छ । सभाका अध्यक्ष नगरप्रमुख उपेन्द्र बहादुर थापाले अागामि अार्थिक बर्षमा छात्राहरुलाइ सेनेटरी प्याडकाे ब्यवस्थापन गर्ने र सबै स्थानीय जनप्रतिनिधि हरुले बिकासकाे निगरानी गर्नुपर्नेमा समेत जाेड दिनुभएको छ । नगर प्रमुख थापाले पञ्चपुरी नगरपालिका अन्य स्थानीय निकाय भन्दा राम्रो काम गरेकाे र अझै पञ्चपुरी काे बिकासका लागि पर्न अाग्रह समेत गर्नुभएको छ ।

नगरसभामा प्रमुख प्रसासकिय अधिकृत हरिप्रसाद देवकोटा , लेखा अधिकृत माेहन बुढा, प्रशासन शाखा प्रमुख चुडामणि कडेल, याेजना शाखा प्रमुख लालबहादुर सुवेदी , शिक्षा शाखा प्रमुख द्रोण राज पाठक लगाएत बिषयगत शाखाले गरेका काम काे जानकारी दिनुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *