पञ्चपुरी ५ का जेष्ठ नागरिकलाइ थर्मस बितरण

(डाडादरा एफएम ) ५ फागुन, सुर्खेत ।

पञ्चपुरी नगरपालिका वडा नं ५ काे अायाेजनामा जेष्ठ नागरिक तथा SEE मा उत्कृष्ट अंक ल्याउने दलित तथा जनजाति बिद्यार्थी लाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका वडा नं ५ अन्तरगतका ७५ बर्ष देखि माथिका १६ जना जेष्ठ नागरिक लाई थर्मस बितरण गरिएको छ । त्यसै गरि वडा नं ५ अन्तरगतका SEE मा उत्कृष्ट नतिजा ल्याउने दलित र जनजाति का ३ जना बिद्यार्थी अनिल मर्साङ्गी मगर, अनिता बुचा मगर र बिनाेद नेपाली हरुलाई सम्मान गरिएको वडा सचिव अमृता कुमारी पाेखरेल ले जानकारी दिनुभएको छ ।

कार्यक्रम मा सम्मान गर्दै पञ्चपुरी नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले जेष्ठ नागरिकलाई सम्मान पुर्बक बाताबरणको सृजना गर्न अाबश्यक रहेकाे बताउनुभएको छ । घरपरिवार मा सस्कार र जिम्मेवारी सिकाउने अामा बुवाकाे सम्मान गर्न हरेक छाेरा छाेरीहरुकाे कर्तव्य रहेकाे बताउनुभयो । जुन घरमा अामा बुवाकाे सम्मान गरिन्छ त्याे घर स्वर्ग बराबर हुने भएको हुदा बृद्धाअाश्रम पठाउने सस्कारकाे अन्त्य गर्नुपर्नेमा जाेड दिनुभएको छ । नगरपालिका ले पनि क्रमागत रुपमा वडा स्तरमा रहेका जेष्ठ नागरिक काे सम्मान का कार्यक्रम ल्याएकाे जानकारी दिनुभएको छ ।

कार्यक्रम काे समापन गर्दै वडा नं ५ का वडा अध्यक्ष हाेम बहादुर रामजाली ले जेष्ठ नागरिक मार्ग दर्शक भएको हुदा सल्लाह र सुझावका साथ वडाले काम गर्ने बताउनुभयो । सम्मान सानाे ठुलाे भए पनि यसकाे प्रयाेग महत्त्वपूर्ण रहेकाे बताउनुभएको छ । जेष्ठ नागरिककाे स्वास्थ्य लाई विशेष ख्याल गर्नुपर्ने भएको हुदा थर्मस बितरण गरिएको उल्लेख गर्नुभयो । साथै रामजालिले जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम वडा स्तरमा निरन्तर गरिरहने समेत बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *