आन्दोलनको दोस्रो दिन पनि बावियाचौर बजार ठप्प ।

(डाडादरा एफएम) ९ फागुन, सुर्खेत ।
मदन भण्डारी राजमार्गका कारण सुरु भएको आन्दोलनको दोस्रो दिन पनि बाबियाचौर वजार र यातायात पुर्ण रुपमा बन्द भएको छ । मदन भण्डारी राजमार्गका कारण पश्चिम सुर्खेतको बाबियाचौरका नागरीक आन्दोलीत भएका छन् । मदन भण्डारी राजमार्ग खम्मगाडे बावियाचौर हुँदै विद्यापुर जोड्नु पर्ने भन्दै बाबियाचौर बजार क्षेत्रका नागरिकहरुले आन्दोलन शुरु गरेका हुन् ।
बावियाचौरका स्थानीयबासीले खम्बगाडे ,बावियाचौर,माझिगाउँहुँदै विद्यापुर जोड्ने सडकबाट राजमार्गको डीपीआर गर्नुपर्ने माग गर्दै  देखी आन्दोलन शुरु गरेको हुन ।
सालकोटका स्थानीयले खम्बगाडे,सालकोट,बराइचे,चत्तुरे,दुलालथाइ हुँदै विद्यापुर राजमार्ग जोड्नु पर्ने अडान लिएका छन् । सालकोटबाट राजमार्गको निर्माण गर्ने प्राविधिक टोली ले डीपीआर तयार गरिरहेका हुदा अबरोध सुरु भएको छ ।
स्थानीयले पञ्चपुरी नगरपालिकामा स्थानीयले घेराउ गर्दै जनप्रतिनिधिको पुत्ला बनाएर प्रदर्शन गरेका छन भने दिनभर बाबियाचौर बजार टायर बालेर प्रदर्शन समेत गरेका छन । यस अघि पनि पलैटेका नागरिकले खम्बगाडे पलैटे बराइचे हुदै बाटोको डिपिआर हुनुपर्ने भन्दै पलैटेमा आन्दोलन गरेका थिए । शान्तीपुर्ण रुपमा आन्दोलन गरिएको र कुनै निकाय बाट सुनुवाइ आइतबार बाट कडारुपमा प्रस्तुत हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *