माग सम्बाेधन हुने भए पछि अान्दाेलन स्थगित ।

(डाडादरा एफएम) १३ फागुन, सुर्खेत ।

बिगत ६ दिन देखी मदन भण्डारी राजमार्ग संघर्ष समितिले गरेको अान्दाेलनका कार्यक्रम स्थगित भएको छ । मदन भण्डारी राजमार्ग खम्मगाडे बावियाचौर हुँदै विद्यापुर जोड्नु पर्ने भन्दै १ मात्रै माग राख्दै यस क्षेत्रका नागरिकहरु आन्दोलनकाे शुरु गरेका थिए । अान्दोलन काे माग बारे सम्बाेधन गर्दै स्वास्थ्य राज्य मन्त्री नवराज रावतले फागुन २० गते डिपिअार सहितको टाेलिले मदन भण्डारी राजमार्ग सरह हुनेगरी बाटाे काे निर्माण गर्ने पत्र मा उल्लेख गरिएको छ । पत्र मा यसै अार्थिक बर्षमा काम सुरु हुने गरि याेजना अघि बढाउने समेत प्रतिबद्धता गरिएको छ । यता संघर्षरत समिति का अध्यक्ष मायाराम कडेलले अान्दोलन स्थगित गरिएको र २० गतेसम्म माग पूरा नभए थप अान्दोलन का कार्यक्रम अगाडि बढाउने समेत बताउनुभयो । मदन भण्डारी राजमार्ग काे नामाकरण नभए पनि साे सरह बाटाे बनाउने भएको बताएपछि अान्दाेलन स्थगित गरिएको हाे । अान्दोलन स्थगित भए संगै बाबियाचाैर देखि पुर्व बिरेन्द्रनगर र पश्चिम लगाम जाने यातायातका साधनहरु पुर्णरुपमा संचालनमा अाएका छन भने बजार समेत खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *