स्थानीय जनप्रतिनिधि हरुका लागि क्षमता बिकास तालिम सम्पन्न ।

(डाडादरा एफएम ) १७ फागुन, सुर्खेत ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारी हरुका लागि क्षमता बिकास कार्याशाला बाबियाचाैरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका अन्तरगतका ५२ अाेटा सामुदायिक बिद्यालयमा कक्षा १ देखि ३ सम्मका बालबालिका हरुलाइ पढ्न सिकाउने उद्देश्यका साथ कार्यक्रम लागू भएको छ ।

UAID र शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय काे सहयाेग र पञ्चपुरी नगरपालिका काे अायाेजनामा नगरपालिका भित्र का जनप्रतिनिधि, शिक्षा संग सराेकारवाला निकाय, शिक्षक, बिब्यस लगाएतकाे सहभागीता रहेकाे थियोे । ३ दिन सम्म संचालन भएको तालिममा नेपालकाे शिक्षा निती तथा कार्यक्रम, स्थानीय पालिकाकाे समग्र शैक्षिक अवस्था, प्रारम्भिक पढाइ कार्यक्रम काे उपलब्धि, स्थानीय तहको याेजना निर्माण प्रकृया काे बारेमा छलफल समेत गरिएको छ । त्यस्तै कक्षाकाेठा ब्यवस्थापन, सन्दर्भ सामाग्री र शिक्षककाे पेसागत सहयोग रणनीतिहरु तथा तिनकाे संस्थागत समायाेजन का बारेमा समेत जानकारी दिईएकाे छ । तालिमकाे सहजिकरण राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम का जिल्ला संयाेजक डा. नरेशबिक्रम ढकाल, राजेन्द्र रिमाल, द्राेणराज पाठकले गर्नुभएको छ ।

तालिमबाट अभिभावकले पनि शिक्षककाे भुमिका निर्वाह गर्न सक्ने र बालबालिकालाई घरमा सिकाउन जरुरी रहेको बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष पदम रावलले बताउनुभयो । त्यस्तै शिक्षिका प्रतिमा बिसीले पञ्चपुरी नगरपालिका का जनप्रतिनिधि हरुले पनि शिक्षामा लगानी गर्न समेत अाग्रह गर्नुभयो । कार्यक्रम काे समापन शत्रमा बाेल्दै प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका सुर्खेत जिल्ला संयाेजक डा. नरेन्द्रविक्रम ढकालले प्रारम्भिक सिकाई कार्यक्रम समग्रमा राम्रो रहेकाे र कार्यक्रम निरन्तर नभए पनि स्थानीय सरकारले पनि यसकाे निरन्तरता दिन अाबश्यक रहेकाे बताउनुभएको छ ।

कार्यक्रममा नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले अागामी दिनमा नगर काे शिक्षाको बिकासका लागि हामी अाबश्यक पहल गर्ने र कार्ययोजना लाई कार्यान्वयन गर्दै पञ्चपुरी काे शैक्षिक बिकासका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । तालिमबाट शैक्षिक बिकासका लागि १ बर्षकाे कार्ययाेजना तयार समेत गरिएको छ । तालिम काे समापन वडा नं १ का अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *