आवाज संस्थाद्धारा पञ्चपुरीमा स्वास्थ्य सामाग्रि वितरण ।

३ बैशाख, बाबियाचौर, सुर्खेत ।
पञ्चपुरी नगरपालिकामा रहेका स्वास्थ्य एकाइ लाइ कोरोना भाइरस कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरु प्रदान गरिएको छ ।
AEIN लक्जम्बर TDH जर्मन र आवाज संस्थाको सहयोगमा पिपिइ सेट २७ थान, ग्लोब्स १८ डिब्बा, सेनिटाइजर ९० डिब्बा र मास्क १८० थान सामग्री कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य शाखा लाइ प्रदान गरिएको छ । प्राप्त सामाग्रिहरु नगरपालिका को ९ ओटा स्वास्थ्य इकाइमा बितरण गरिने स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले जानकारी दिनुभएको छ । आवाज संस्थाले नगपालिकाको वडा नं २ ,३, ५ र ६ का बालसुलभ केन्द्र का बालबालिकालाइ साबुन, सेनिटाइजर र मास्क समेत बितरण गरेको छ । सामाग्री बितरण कार्यक्रममा सामाग्री प्रयोगको बारेमा समेत जानकारी दिइएको संस्थाले जनाएको छ ।


स्वास्थ्य सामाग्री बुझ्दै नगर प्रमुख उपेन्द्रबहादुर थापाले बिपतको समयमा संस्था र स्थानिय निकाय को महत्वपुर्ण भुमिका रहने बताउदै संस्थाले गरेको सहयोग प्रति धन्यावाद समेत दिनुभएको छ । यता आवाज संस्था सुर्खेतका शुसिल कार्की ले नगरपालिकाले राहतका प्याकेज तयार गरी ज्याला मजदुरी गरिरहेका नागरिकको तथ्यांक उपलब्ध गराएमा आबश्यक राहत प्रदान गर्ने समेत बताउनुभएको छ । संथाले पञ्चपुरी का १ देखी ६ ओटा वडामा महिला बालबालिका र युवाहरुलाइ न्यायमा पहुच पु¥याउनका लागि बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *