देउराली सामुदायिक बन उपभोक्ता समिति र इसाइ समाजकाे सहयाेग ।

४ बैशाख, बाबियाचाैर, सुर्खेत ।

देउराली सामुदायिक बन उपभोक्ता समिति बाबियाचाैरले नगरपालिकाकाे बिपत ब्यवस्थापन काेषमा अार्थिक सहयोग गरेकाे छ । बिहिवार सामुदायिक बन का अध्यक्ष ईन्द्रबहादुर रावलले ५१ हजारकाे चेक हस्तान्तरण गर्नुभएको छ । चेक हस्तान्तरण गर्दै अध्यक्ष रावलले सामुदायिक वनकाे भुमिका पनि सामाजिक काममा देखिन अावश्यक रहेकाे हुदा बिपत काेषमा समिति काे निर्णयबाट सहयोग गरिएको बताउनुभएको छ ।

त्यसैगरी अाज ईसाई समाज सुर्खेत र पञ्चपुरी ईसाई समाज ले पनि नगरपालिका काे बिपत ब्यवस्थापन काेषमा ५१ हजार नगद सहयाेग गरेकाे छ । सहयोग उपलब्ध गराउदै पञ्चपुरी ईसाइ समाजका अध्यक्ष रमेश बाैडेलले काेराेना संक्रमणकाे बिपत्ति कुनै जातजाति धर्म बर्ण बिशेष काे नभई सामुहिक समस्या भएको हुदा सबैकाे सहयाेग अावश्यक रहेकाे बताउनुभएको छ । सहयोग रकम बुझ्दै नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले सहयोगी हरुलाइ धन्यवाद दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *