पञ्चपुरीकाे बिपत ब्यवस्थापन काेषमा खाद्यान्न र नगद सहयोग जुट्दै ।

७, बैशाख बाबियाचाैर,सुर्खेत ।

काेराेना भाईरस काेभिड १९ काे राेकथाम तथा नियन्त्रणका लागि पञ्चपुरी नगरपालिका काे बिपत ब्यवस्थापन काेषमा खाद्यान्न सहयाेग प्राप्त भएको छ । AEIN लक्जम्बर TDH जर्मन र अावाज संस्था काे सहयोग मा ६ लाख ५५ हजार २९० रुपैयाँ बराबरको चामल २७० बाेरा, दाल ८ क्विन्टल १० किलाे, चिनि ५ क्विन्टल ४० किलाे, तेल ५४० लिटर, नुन ५ क्विन्टल ४० किलाे, सावुन १ हजार ३ सय ५० र मास्क १ हजार ८० थान संस्था का सहजकर्ता तेज राेकाय, काेकिला कठायत र तुलसी खनालले संयुक्त रुपमा नगरपालिका लाई हस्तान्तरण गर्नुभएकाे छ । पहिलो चरणमा राहत सहयोग गरिएको र अागामी दिनमा पनि अाबश्यक सहयोग गर्ने अावाज संस्थाका कार्यक्रम संयाेजक सुशील कुमार कार्कीले बताउनुभएको छ ।

नगरपालिका काे राहत काेषमा अाईतबार नै पञ्चपुरी नगरपालिका भित्र का निजि बिद्यालय ले एकमुष्ट ३८ हजार नगद सहयोग नगरपालिका लाई प्रदान गरेका छन । त्यसैगरी खमारीखाेला लघु जलविद्युत अायाेजनाले पनि ३१ हजार ५ रुपैयाँ बराबरको खाद्यान्न चामल, दाल, तेल र नुन सहयोग गरेकाे छ । राहत सामाग्री बुझ्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै वडा स्तरबाट राहत पाउने व्यक्तिकाे नामावली वडाले तत्काल उपलब्ध गराउन अाग्रह गर्नुभएको छ । साथै उहाले राहतका नाममा सम्पन्न ब्यक्तिले राहत लिने बाताबरण पञ्चपुरी मा नहुने समेत बताउनुभएको छ । नगरपालिका ले तत्कालै नगरकार्यपालिका काे बैठक बसी जम्मा भएको राहत वडामा बितरण गर्ने तयारी गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *