काेराेना काे शन्देश संगै सामाजिक सुरक्षा भत्ता बाड्दै “अध्यक्ष रामजाली”

९ बैशाख, बाबियाचाैर, सुर्खेत ।

पञ्चपुरी नगरपालिका काे वडा नं ५ ले सामाजिक सुरक्षाभत्ता घरमै पुगेर दिन थालेकाे छ । पञ्चपुरी काे वडा नं ४,५ र ६ का जेष्ठ नागरिक काे सामाजिक सुरक्षाभत्ता यस अघि बाबियाचाैरकाे कुमारी बैक बाट दिईदै अाएकाे थियोे । तर काेराेना भाईरसका कारण लकडाउन हुदा जेष्ठ नागरिक हरुले फागुन महिनामा पाउने भनिएकाे भत्ता अहिलेसम्म  पाएका थिएनन । वडा नं ५ मा सामाजिक सुरक्षा भत्ता बुझ्ने ३ सय ८८ जना रहेका छन । धेरै जसाे जेष्ठ नागरिक काे सामाजिक सुरक्षा भत्ता घरमै पुगेर दिन थालेकाे वडा नं ५ का अध्यक्ष हाेमबहादुर राम्जालिले बताउनुभएको छ । अध्यक्ष राम्जालीले बुधबार वडा नं ५ काे तिखाकुना र मुरमुरी का जेष्ठ नागरिकलाई घरमै पुगेर भत्ता बितरण गर्नलागेकाे जानकारी दिनुभएको छ । बैकमा भत्ता बुझ्न जादा जेष्ठ नागरिकलाई लाईन बस्नुपर्ने र काेराेना काे जाेखिम पनि बढ्ने भएकाे हुदा वडाले सहज बाताबरणको सृजना गरेकाे हाे ।

लकडाउनले गर्दा खाद्यान्न अभाव भएको बेला सामाजिक सुरक्षा भत्ता बितरण गर्दा धेरै जेष्ठ नागरिकलाई सहज भएको  बताएका छन । जेष्ठ नागरिक काे चेक संकलन गर्दै वडा ले बैकबाट भुक्तानी लिएकाे छ । कतिपय ले बैकबाट रकम बुझेका छन भने वडा बाट नजिक भएका  साेमबार र मंगलबार गरि ७२ जना लाई भत्ता बितरण गरेकाे वडा सचिब अमृता कुमारी पाेखरेलले जानकारी दिनुभएको छ । भत्ता बितरण संगै वडा कार्यालयले काेराेना बाट बच्नकाे लागि जेष्ठ नागरिकलाई शन्देश समेत दिने गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *