पुर्व सहकारी मन्त्री थानिद्वारा स्थानीय तहमा राहत सहयोग ।

(डाडादरा एफएम ) ३० बैशाख, बाबियाचाैर, सुर्खेत ।

काेराेना भाईरस काेभिड १९ काे राेकथाम तथा नियन्त्रण गर्न स्थानीय निकायकाे बिपत ब्यवस्थापन काेषमा राहत रकम संकलन हुन थालेकाे छ । मंगलबार पञ्चपुरी, चाैकुने र बराहताल गाउपालिकाकाे बिपत ब्यवस्थापन काेषमा पुर्ब गरिबी निवारण तथा सहकारी मन्त्री एबम नेपाली काङग्रेसका केन्द्रीय सदस्य हृदयराम थानि, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सभापति कमलराज रेग्मी लगाएतले स्वास्थ्य सामाग्री मास्क, सेनिटाईजर, सावुन र नगद २५ हजार सहयोग गर्नुभएकाे छ । सहयोग हस्तान्तरण गर्दै पुर्व मन्त्री थानिले नेपाली काङ्ग्रेस जनताकाे सुख दुखमा साथ दिने पार्टी भएको हुदा अाफु बिपतकाे समयमा स्थानीय निकायमा पुगेको बताउनुभएको छ । साथै उहाले काेराेना महामारी राेक्नकाे लागि सबै कार्यकर्ताले अा अाफ्नाे ठाउमा बाट जनचेतना र प्रचारप्रसार गर्न अाग्रह गर्नुभएको छ ।

त्यस्तै नेपाली काङग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जिल्लाकाे बराहताल, पञ्चपुरी र चाैकुने गाउपालिकाकाे स्थानीय तहमा राहत बितरण गरेकाे जानकारी दिनुभएको छ । राहत रकम बुझ्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले सहयोगी ब्यक्ति र निकायलाई धन्यवाद समेत दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *