पञ्चपुरीका बालशुलभ केन्द्रलाई दाेस्राे चरणमा सहयोग ।

(डाडादरा एफएम ) १ जेठ, बाबियाचाैर,सुर्खेत ।

काेराेना भाईरस काेभिड १९ काे राेकथाम तथा नियन्त्रणका लागि पञ्चपुरी नगरपालिकामा संचालन भएका बालशुलभ केन्द्र लाई स्वास्थ्य सामग्री बितरण गरिएको छ । AEIN लक्जम्बर TDH जर्मन र अावाज संस्था काे सहयोग पञ्चपुरी काे बाबियाचाैर र सालकाेटका ४ अाेटा बालसुलभ केन्द्र का १ सय २० जनालाई मास्क ६ थान, सावुन ८ थान सेनिटाइजर १ थान बितरण गरिएको छ ।

१२० जनालाई प्रतिब्यक्ति ३ सय ७० का दरले ४४ हजार ४ सय रुपैया बरावरकाे सामग्री सहयोग गरिएको अावाज संस्थाले जनाएको छ । त्यसैगरी प्रत्येक बालसुलभ केन्द्र काे लागि हात धुनकाे लागि पानी राख्ने बाल्टी समेत उपलब्ध गराइएको छ ।

पहिलाे चरणमा बालसुलभ केन्द्र लाई उपलब्ध गराएकाे स्वास्थ्य सामाग्री सकिएकाे हुदा पुनः दाेस्राे चरणमा सहयोग गरेकाे अावाज संस्था का कार्यक्रम संयाेजक सुशील कार्कीले बताउनुभयो । अावाजले यस अघि पनि नगरपालिका काे बिपत ब्यवस्थापन काेषमा ६ लाख ५५ हजार २९० रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *