पुर्ब संचार राज्य मन्त्री बिष्टको जिल्लामा मा १ घर १ सावुन ।

(डाडादरा एफएम ) ८ जेठ, सुर्खेत ।
काेराेना भाईरस राेकथाम तथा नियन्त्रण गर्नका लागि १ घर १ सावुन अभियान अन्तरगत पञ्चपुरी नगरपालिका काे १० र ११ वडा मा सावुन बितरण गरिएको छ । पञ्चपुरी नगरपालिका अन्तरगका १३ सय ३१ घरधुरी लाई १ घर १ सावुनका दरले सावुन बितरण गरिएको छ । प्रवाश तथा बिदेश मा रहेकाे नेपाली हरुले संकलन गरेकाे रकम बाट पुर्व सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टले वडा अध्यक्ष हरुलाइ सावुन हस्तान्तरण गर्नुभएको हाे। सावुन हस्तान्तरण गर्दै बिष्टले अहिलेकाे सरकार काे भर नपरि सबैजना अाफ्नाे ब्यक्तिगत सावधानी अपनाउन अाग्रह गर्नुभएको छ । सावुन बितरण गर्दै नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले सहयोगी ब्यक्ति हरुलाई धन्यावाद समेत दिनुभएको छ ।
सावुन प्रवाशी नेपाली धिरज माझि (धन) चन्द्र माझि ,भिम राज जैसि, नरेन्द्र सर्मा, दिपक सावद, जहरि सुनार, मोहन सुनार, प्रेम ढकाल, पहल सिङ नचेल, नवल सिङ नचेल , बिकाश सावद (बिर), डिबि बिश्वो(धन्), मिन बहादुर मिजार, भरत तिमिल्सिना, नेत्र सुनार , भिम दुब्राकोटि, हरि घर्ति, हिरा डाँडाबाडी, प्रेम नेपाली, नरेन्द्र माझि, उपेन्द्र आचार्य, रतन मिजार, मयाॅ मिजार, सर्पजित छबिसे, महाेन्याल ७ का ब्यापारी नन्दराम बिष्ट लगाएतले सहयोग गर्नुभएको छ । वडा नं १० का वडा अध्यक्ष हरिप्रसाद ढकाल, वडा नं ११ का अध्यक्ष दिपराज जैशि, मिनराज जैशी, भगे कामी, बिरबले कामि, प्रेम सिजापती लगाएतकाे सहभागीता रहेकाे थियोे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *