स्थापना दिवशमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न ,वडा न ६ का विकास निर्माका कामहरु सन्तोषजनक उपप्रमुख रेग्मी

रेडियो डाडादरा पञ्चपुरी,

भदौ ६,

 

सुर्खेत पञ्चपुरी नगरपालिका वडा न ६ सुर्खेत ले स्थापना दिवसकाे अवसरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय स्थापना भएको १ बर्षकाे अवधिमा गरिएका कामकाे समीक्षा समेत गरिएको छ । स्थानीय संरचना पछि वडा कार्यालय स्थापना भएकाे दिनको अवसरमा वडा बाट दिइने विभिन्न सेवा,सुविधा ,वडाले गरेका विकास निर्माणका कामहरु,अाय,व्यय, वडा कार्यालयका चुनाैती बारेमा वडाअध्यक्ष खड्क बहादुर थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन शत्रमा बाेल्दै पञ्चपुरी नगरपालिका काे उप प्रमुख मुक्ति देबि रेग्मी पुरीले वडा नं ६ ले गरेका कामहरु अनुगमनका क्रममा शन्ताेषजनक रहेकाे र अन्य वडाले पनि सिकाईकाे रुपमा लिनुपर्ने बताउनुभएकाे छ । साथै अाफुले नगरपालिका बाट महिलाहरू का लागि सिपमुलक कार्यक्रम मा समेत बजेट छुट्टयाइएको जानकारी दिनुभयाे । वडा कार्यालयले समुदायमा रहेकाे बालबिवाह, जातिय विभेद र छाउपडि प्रथा न्युनिकरणका लागि याेजना बनाएर काम गर्ने भएको छ । कार्यक्रममा लाेपउन्मुख वादी जातिलाई कुनै पनि रकम नछुट्याइकाे गुनासो गर्दै पञ्चपुरी नगरपालिका वडा न :६ का खड्क वादीले जनप्रतिनिधि समक्ष गुनासाे समेत गरेका छन ।उनले भने राज्यले दलितका छाेरा छाेरीलाइ निशुल्क भनेपनि विद्यालयमा पैसा नतिरी पढ्न पाइँदैन,जसले गर्दा वादी समुदायका बालबालिका पढ्न चाहेर पनि अार्थीक अभावका कारण पढ्न सकेका छैनन ,नगरपालिका र वडाले वादीका समुदायका लागि विशेष कार्यक्रम ल्याउन समेत अाग्रह गरे । कार्यक्रममा दलित,महिला,बालबालिका ,जेष्ठ नागरिक,एकल महिलाको प्रश्नको जवाफमा अध्यक्ष थापाले सम्पुर्ण लक्षित वर्गका लागि अन्य वडाका भन्दा फरक समावेसी रुपले बजेट विनियाेजन गरेकाे र अागामी दिनमा पनि लक्षित वर्गका लागि विशेष पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *