जाेखिम माेल्दै कैलाली बाट,सुर्खेत पढ्न अाउँछन विद्यार्थी

 

 

डांडादरा समाचार कक्ष

भदौ ८,

वर्षात सँगै कर्णाली नदिमा पानीको वहाव बढे पछि कैलाली जिल्लाकाे माेहन्याल ३मा पर्ने राँङ्गा मलेखा गाउका विद्यार्थीहरु पैदल ३ तीन घण्टा हिँडेर चाैकुने गाउँपालिका ४ मा रहेकाे जगन्नाथ मावि बिजाैरामा अध्यन गर्नअाउने गरेका छन । माेहाेन्याल गाउँपालिका ३ राङ्गा मलेखा कि खगी सलामी जगन्नाथ माध्यमिक विद्यालय बिजाैरामा कक्षा १०मा पढ्छिन । उनी बिहान ५बजे उठ्छिन हातमुख हातमुख धाेएर नास्ता खाइ नखाई गरि ६ बजे घरबाट विद्यालयमा पढ्न अाउनलाई निस्कन्छिन घुमाउरो बाटो हिँड्नु पर्ने भएकाले उनलाई घरबाट विजाैरा विद्यालय सम्म पुग्न ३घण्टा पैदल हिँडेर ९ बजे पुग्छिन त्यतिबेलासम्म उनकाे टिउसन छुटिसकेकाे हुन्छ ,कलास मात्र भेटाउन पुग्छिन। उनले भनिन म बस्ने गाउँ बाट सिधै बिजाैरा जाेड्ने पुल छैन यसरी हिड्दा,हिँड्दै त टिउसन छुटिहाल्छ,झन ढिलाे अाए पछि विद्यालय भेटाइदैन ,यतै बसेपछि चिनेको काेहि अाफन्त मान्छे छैनन ,काेठाभाडा,लिउ भने साथि छैनन, बिहान र बेलुका घरबाटै हिँड्नु पर्छ,हिँडाइकाे असरले बेलुका पढ्न मन समेत लाग्दैन एस इइ पनि नजिकिँदै छ।उनलाई याे सालकाे एस इइ पनि बिग्रने हाेकि भन्ने चिन्ता लागेकाे छ । उनी मात्र हाेइन साेही ठाउँका करिब २० जना विद्यार्थीहरुले याे सास्ती भाेग्दै अाएका छन । साेहि गाउँकि कक्षा नाै मा पढ्ने राधिका भुलकाे पनि त्यस्तै समस्या छ ।उनले भनिन अप्ठ्यारो भिरालो बाटाे काेहि ठाउँमा पहिराे छ अाकास गडाङगुडुङ भए पछि विद्यालय अाउदैन,कति दिन त बिच बाटाेमै पानीले कापी ,किताब भिजाउँछ । वरिपरि कर्णाली नदिले घेरेकाे याे गाउँ भाैगाेलिक हिसाबले एकदमै सानाे र विपद जाेखिममा रहेकाे गाउँमा शिक्षा ,स्वास्थ्य ,सञ्चार,लगायतका क्षेत्र बाट ठगिएकाे त्यहाँका विद्यार्थीहरुले काे गुनासाे छ । घटेपछि त्यहाँका विद्यार्थीहरु डुङ्गा बाट अाउने गर्दछन ।डुङ्गा बाट अाउँदा विद्यालय अाउन ३० मिनेट लाग्छ ।यस्तै चाैकुने गाउँपालिका वडा न: १० केउडी बाट बिजाैरा अध्ययन गर्न अाउने विद्यार्थीहरु पनि बाटो पहिराले पुरेपछि विद्यालय अाउन सकेका छैनन। यी दुबै ठाउँबाट अाउने बिद्यार्थीले विद्यालय सँग निशुल्क हाेस्टेलकाे माग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *