कानुनकाे उलङ्घन गर्नेलाई कदापि छाेडिन्न: एसपी रजाैरे

डांडादरा एफ एम

पञ्चपुरी ,सुर्खेत भदौ ११

सुर्खेत जिल्ला प्रहरी कार्यालय का एस पि बसन्त रजाैरेले कानुन भन्दा माथि टेकेर उलङ्घन गर्ने जाे काेहिलाइ पनि कदापि नछाेड्ने बताएका छन । इलाका प्रहरी कार्यालय बाबियाचौरमा अायाेजना गरिएको नागरिक संग प्रहरीको अन्तरर्किया तथा नागरिक सुनुवाइ कार्यक्रम बाेल्दै उनले प्रहरी र नागरिक दुबै जिम्मेवार हुनुपर्ने बताए ।अाफु जनताकाे हित भन्दा बाहिर रहेर कहिल्यै पनि काम नगर्ने बताए ।जनप्रतिनिधि विभिन्न अगुवाहरूले राजनिती अास्था,सामाजिक ,अार्थीक हिसाबले अपराधीलाई बचाउ नगर्न र गलतलाई गलत भनी कानुनको दायरामा ल्याइ प्रहरीलाई साथ दिन अाग्रह गरे ।विभिन्न हिँसात्मक क्रियाकलाप, लागुपदार्थ दुर्वयसनी र अपराध न्युनिकरण सम्बन्धि पश्चिमका सम्पुर्ण विद्यालयहरुमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने र पश्चिमलाई अाफुले बिशेष गरि प्रहरी युनिट बिस्तार गरि महिला प्रहरी नभएका कार्यालयमा महिला प्रहरीलाई पठाइ पश्चिम क्षेत्र भित्रका स्थापना गरिएका कुनै पनि प्रहरी बिट खालि नराख्ने बताए ।पञ्चपुरी नगरपालिका का कार्यवाहक प्रमुख खड्क थापाले अपराधीलाई बचाउन खाेज्ने नेता,जनप्रतिनिधि जाे काे हि पनि महाँअपराधि भएकाे र इलाका प्रहरी कार्यालय सँग समन्वय गरी वडा,नगर बाट हुने विभिन्न कार्यक्रमहरु प्रहरी सँग समन्वय गरी नगरपालिका बाट सहयोग गर्ने बताए । कार्यक्रममा पञ्चपुरीका १देखि११ नम्बर वडाका वडाअध्यक्ष राजनैतिक दल,सँघ सँस्था स्थानिय नागरिकहरुले सल्लाह सुझाव र जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *