वडामा खुल्ला रुपमा मदिरा बिक्री गर्न नपाइने

रेडियो डांडादरा एफ एम
पञ्चपुरी सुर्खेत,,
पन्चपुरी नगरपालिका वाड न१०मा खुल्ला मदिरा बिक्री वितरण र जुवा तास खेल्न नपाइने भएको छ। बुधबार वडाकार्यालयले जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम गरी यस्तो नियम ल्याएको हाे।नगरपालिका देखि टाढा रहेकाे र कैलाली जिल्ला सँग जाेडीएकाे त्याे वडामा नियम विपरीत खुला रुपमा बिक्री वितरण र अत्याधिक बालबिवाह हुने भएकाले सम्पुर्ण वडावासीलाई सचेतना गराउनका लागि कार्यक्रम गरिएकाे कार्यवाहक अध्यक्ष नैन सिह बिकले बताए ।उनले भने कसैले शान्ति सुुरक्षा लाई खलबल पार्ने र कानुनको उलङ्घन गरे दाेषिलाइ कार्वाहीकाे दायरामा ल्याउने बताए ।कार्यक्रम काे अावश्यकतालाई अाैल्याउँदै वडा न ११ ले उदाहरणीय काम गरेकाे कार्य वाहक प्रमुख खड्क थापाले बताए ।उनले भने यस्ता जनचेतनामुलक कार्यक्रमहरु पञ्चपुरी नगरपालिका का सबै वडामा गर्नेगरी नगरपालिका सँग समन्वय गर्ने बताए ।यस्तै इलाका प्रहरी कार्यलयका प्रमुख शुशाेभन श्रेष्ठले जनता र प्रहरी बिच सदैव समन्वय हनुपर्नेमा जाेड दिदै अपराध नियन्त्रण र जनचेतनामूलक कार्यक्रममा सदै अाफु र अाफ्नाे क्षेत्रका प्रहरी मुस्कान सहितकाे सेवा दिन तयार रहेकाे बताए ।उनले भने एक कल फाेन गरे अाफ्नाे प्रहरी प्रशासन घटना स्थलमा पुग्ने प्रतिवद्दता गरे ।कार्यक्रममा इलाका प्रशासन कार्यालय बाबियाचाैरका प्रमुख दीपक दाहल नगर सदस्य वडासदस्य लगायत २०० जना काे सहभागितामा रहेकाे थियाे ।

Seen by Jagatdal Janala Bk at 12:08

Leave a Reply

Your email address will not be published. Required fields are marked *