जगतदल जनाला बिक
पञ्चपुरी सुर्खेत भदौ १८,
अन्याय,अत्याचार र राक्षसी प्रवृती बाट सम्पुर्ण मानवकाे रक्षा गर्न भगवान बिष्णुकाे अाठाैं अवतारका रुपमा जन्म लिइ कृष्णकाे सम्झनामा जनैपूर्णीमा का दिन देखि भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने गरिन्छ ।पछिल्लो समय लाेप हुँदै गएको लाखे नाच पश्चिममा पनि मनाउन थालिएको छ।लाेप हुन लागेको लाखे नाच काे जगेर्ना गर्नका लागि व्यक्तिगत ४२ हजार लगानीमा सञ्चालन गरिएको जनजाति महांसघं चाैकुनेका अध्यक्ष मान बहादुर श्रेष्ठ ले बताए ।साबिक का गुटु,बिद्यापुर,बाबियाचाैर,सालकाेट लगायतका ठाउँमा १० जना कलाकार लाई दैनिक खाना खाएर ६०० रुपैयाँ दिई प्रदर्शन गरिएकाे बताए ।उनले भने संस्कृति काे जगेर्ना सँगसँगै यसबाट उठेकाे रकमले गुटुमा कृष्ण मन्दिरको स्थापना गर्ने बताए ।स्थानीय सरकाले सँस्कृति जगेर्ना सम्बन्धि कार्यक्रमहरुमा सहयाेग नगरेकाे उनकाे गुनासो छ । लाखे नाचका क्रममा भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाईजात्रा र समाजका विभिन्न विकृतिमाथि व्यंग्य प्रहार गर्ने गरिन्छ । जसले सर्वसाधारणलाई मनोरञ्जन दिन्छ । लाखे नाचका बेला कंशको प्रतिकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र उसका सिपाइका प्रतिकका रूपमा विभिन्न काला, सेता र अन्य रंगका मुखुण्डो लगाएका ढटुवारे निकालिन्छ । जात्रा भर हास्य पात्रका रमाइला र मनोरञ्जनात्मक गतिविधिले स्थानीय बस्ती र बजारमा छुट्टै रौनक छाउँछ । लाखेनाच वर्षमा एक पटक देखाइन्छ, उनले भने, ‘विशेष पर्वको बेला देखाइने भएकाले यसको महत्त्व बेग्लै छ । पछिल्लो समय स्थानीयको बेवास्ताले यो नाच लोप हुन थालेको छ । खासगरी युवा पुस्ताको सक्रियता र चासोको अभावले लाखे नाच निरन्तर चलिरहेको भए पनि मौलिक बन्न सकेको छैन । लाखेनाचसँग नेवार समुदायको धार्मिक एंव सांस्कृतिक गहिरो सम्बन्ध रहदै आएको बताए ।