स्थानियको लगानिमा गाउँ नै झिलीमीली

जगतदल जनाला बिक

पञ्चपुरी सुर्खेत
१८ भदौ ,

चौकुने गाउँपालिकाको वडा न ५ रेक्चामा बेदखोला लघुजलबिद्दुत आयोजना सञ्चालन गरिएको छ। आइतबार चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले उद्घाटन गरेका छन।
स्थानीय १२०घरधुरीका नागरिकको लगानी र साबिक को बिजौरा गाउविकास समिति बाट ५लाख ३५ हजार,जिल्ला विकास समिति बाट २ लाख ९५ हजार, बैकल्पिक उर्जा प्रर्वर्द्दन केन्द्र बाट३५ लाख १७ हजार ,चौकुने गाउँपालिकाले १७ लाख ५ हजार ,उपभोक्ता बाट शेयर वाफत १० हजारका दरले पहिलो किस्ता दुइलाख ५ हजार, ८५ लाखआर्थीक सहयोगमा २२किलोवाट विद्युत निकालिएको छ ।जनश्रमदान १० लाख गरि जम्मा ९५ लाखको काम भएको आयोजनाका सचिव रेसम बि सि ले जानकारी दिए। जसबाट १२०घरधुरीले बिद्युत प्रत्येक्ष उपयोग गर्ने छन।बैकल्पिक उर्जा सँग १६ किलोवाटको सम्झौता लिइपनि विद्दुत उत्पादन गर्दा २२ किलोवाट विद्युत निस्केको हो ।२०६९ सालमा सुरु गरिएको आयोजना भौगोलिक समस्या ,सडक नपुगेको ,आर्थीक समस्या,सामान भन्दा ढुवानीको मुल्य बढी जस्ता विविध समस्याका बावजुत ढिलै भएपनि सम्पन्न गरिएको बेदखोला लघुजलविद्दुत आयोजनाका अध्यक्ष गोपाल बिसिले जानकारी दिए ।उनले भने आयोेजना ५ लाग्नुको मुख्य समस्या आर्थीक ले नै हो साविकका गाविस ,जिविसमा बजेट थोरै हुन्थ्यो त्यहि पनि राजनीतिक भागवण्डामा हुन्थ्यो अहिले स्थानीय तह भए पछि आवश्यक पहल र बजेट छुट्याएपछि काम गर्न सहज भएको हो ।स्वास्थ्य, शिक्षा र खानेपानी को हिसाबले पछाडि परेको यो गाउँका फागि यो भन्दा खुसीको कुरा के हुन सक्छ र अहिले रातदिन झिल्लीमीली बत्ती बलेका छन लागिअहिले गाउँमा ।अबको केहिदिनमा चौकुनेको हाडाकानामा रहको नेपाल टेलिकमका टावर सम्म पुर्याउने कार्यमा लागि रहेको र केहिदिनमै २४ सै घण्टा टावर दिने बनाउनलाइ बिद्युतलाइ पुर्याउने बताए ।सोहि ठाउ बाट वडासदस्यमा निर्वा्चित प्याउरी बुढाले भनिन् आफु उम्मेदवार उठ्दा त्यस क्षेत्रका जनतालाई गरेका प्रतिवद्दताहरु क्रमस पूरा गर्ने बताइन।उनले भनिन यहाँका जनताले २ बाल्टी पानी ल्याउन पनि धेरै टाढा जानुपर्ने र हिउँदमा कुवाको पानी अपुग हुने भएकाले विद्युत बाट पम्पिङ गरि खान र सिचाइका लागि पानी ल्याउने यहाँ बाट बस्ती अन्त सर्ने होइन बस्ती यतै आउने वातावरण बनाउने बताइन ।चौकुने गाउँपालिका का अध्यक्ष धिर बहादुरले अबको २ वर्षमा चौकुनेका हरेक घर घरमा वत्ति पुर्‍याउने बताए ।आफु जनप्रतिनिधि मात्र नभइ उज्यालो चौकुनेको कुसल अभियान्ता भनेर चिनाउने बताए ।उनले भने यो पहिलो सुरुवाती हो यसै वर्ष भित्र गुटुमा मिनि सोलार बाट १०० किलोवाट र थप ४ वटा खोलाहरुलाइ अध्ययन गरी काम अगाडि बढाएको बताए ।लगाम, बेतान र घाटगाउँ लगायतका अन्य क्षेत्रमा पनि अध्ययन गरि बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र सँग सहकार्य गरि गाउँपालिकाको उज्यालो चौकुने नीति अनुसार तिब्ररुपमा अगाडि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *