मुलुकी देवानी सँहितामा भएकाे व्यवस्था सम्बन्धि अभिमुखिकरण

रेडियो डांडादरा एफ एम

पञ्चपुरी सुर्खेत १९ भदौ ,

महिला तथा बालबालिका सम्बन्धी मुलुकी देवानी सँहितामा भएको व्यवस्था बारे सराेकारवालाहरु सँग मँगलबार अन्तरक्रिया गरिएकाे छ ।भदौ १ गतेदेखि अाएकाे नयाँ मुलुकी एेनमा महिला तथा बालबालिकाकाे लागि पुरानो मुलुकी देवानी एेन र अहिलेका एेनमा गरिएका व्यवस्थाका बारेमा अधिवक्ता रमा प्याकुरेलले अन्तरक्रिया मार्फत जानकारी दिएकि थिइन ।उनले महिलाहरुले नीति नियम र एेन नबुझेकै कारण समस्यामा परेकाे र कानुनकाे अध्ययन गर्न जरुरी रहेकाे बताइन । कानुन नबुझेकै कारण सामाजिक सराेकारका कामहरु कठिनाइ भएको अावाज सँस्थाका सामाजिक परिचालक तेज बहादुर राेकायले दुखेसाे पाेखे ।पञ्चपुरी नगरपालिकाकि उपमेयर मुक्ति रेग्मीले जतिसुकै नयाँ एेन,कानुन अाए पनि महिलाहरुकाे हितका लागि नभएकाे गुनासो गरिन।उनले भनिन् न्यायीक समितिकाे सँयाेजक भएर काम त गरिन्छ तर न्यायिक समितिलाई पनि जति अावश्यक पर्ने अधिकार दिइनुपर्ने हाे त्यति नदिँदा काम गर्न अप्ठ्यारो भएको बताइन । इलाका प्रहरी कार्यलयका प्रमुख शुशाेभन श्रेष्ठले अहिलेकाे नयाँ मुलुकी देवानी सँहिताले पत्रकार ,डाक्टर र प्रहरीलाई अप्ठ्यारो पारेकाे र स्थानीय स्तरमा सानातिना घटनाहरु न्यायिक समिति सँग समन्वय गरि काम गर्ने बताए । अावाज सँस्थाकाे समन्वय र पञ्चपुरी नगरपालिकाकाे अायाेजनामा भएको कार्यक्रममा वडा नम्बर १ देखि ११ सम्मका महिला जनप्रतिनिधि ,महिला सञ्जालका प्रतिनिधि ,बालसञ्जाल,युवा सञ्जालका ,नगरपालिका प्रतिनिधि हरुले नयाँ एेनका बारेमा उत्सुकता साथ अन्तरक्रिया गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *