१३६विपन्न,अनाथ बालबालिकालाई शैक्षिक सामाग्री

रेडियो डाँडादरा एफएम

पञ्चपुरी सुर्खेत भदौ २०,,

पञ्चपुरी नगरपालिका मा रहेका ५२ वटा सरकारी विद्यालयका १३६ जना बालबालिकालाइ शैक्षिक सामाग्री ,झाेला , ड्रेस, कापी ,कलम ,ज्यामीती बक्स लगायतका सामाग्री वितरण गरिएको छ ।कक्षा १देखि १० सम्मका अार्थिक रुपले विपन्न ,अामा बुवा नभएका अनाथ बालबालिकालाई लक्षित गरि नगरपालिकाले २ लाख बराबरकोझा सामाग्रीहरु बितरण गरेकाे हाे।प्रत्येक विद्यालयका प्रध्यानाध्यापकले गरिब,अार्थीक विपन्न र अनाथ विद्यार्थीहरुलाइ सिफारिस गरि सामाग्री वितरण गरिएको पञ्चपुरी नगरपालिका का शिक्षा शाखाका स्राेत व्यक्ति दाेर्ण राज पाठकले जानकारी दिए । शिक्षाकाे उज्यालो किरण बाट काेही पनि बालबालिकालाई बञ्चित नगर्ने पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले बताए ।उनले काेही बालबालिका पनि अार्थीक नभएकै कारण विद्यालय जान सकेकाे छैन भने अाफुले व्यक्तिगत पैसा खर्च गरि भर्ना गरी अभिभावकत्व ग्रहण गर्ने प्रतिवद्दता व्यक्त गरे ।नगरभित्र कतै यस्ता समस्यामा बालबालिका भए तत्काल खबर गर्न अभिभावक र शिक्षकहरुलाइ अाग्रह समेत गरे । भद्र बहादुर थापाले उद्घाेषण गर्नु भएकाे कार्यक्रममा उपमेयर मुक्ति रेग्मी र नगरपालिकाका लेखा अधिकृत रत्न सुबेदीले अभिभावकले पनि बालबालिकालाई अध्ययन गर्ने वातावरण मिलाउन अाग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *