भवन जिर्ण हुँदा पढाइ प्रभावित

जगतदल जनाला बिक

पञ्चपुरी सुर्खेत २२भदौ ,,

सुर्खेतकाे पश्चिममा रहेकाे पञ्चपुरी नगरपालिका वडा नम्बर ७ लेखकाेट चिउरी(छाप्रे)मा रहेकाे श्री नेपाल राष्ट्रिय अाधारभुत विद्यालयकाे भवनहरु जिर्ण हुँदा विद्यार्थीहरुकाे पढाइ प्रभावित बनेकाे छ ।प्रा वि सम्म स्थाइ र निमावि अस्थायी रुपमा सञ्चालन गरेकाे यस विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने गर्दछ। विद्यालयमा रहेकाे अफिस बाहेक सबै भवनहरु जिर्ण छन ।२-३ दिनकाे लगातार पानी परेपछि कक्षा सातकाे भवन भत्केकाे छ ।विद्यालयकाे अरु भवन नहुँदा कक्षा ६ र सातलाइ एउटै ठाउँमा राखेर ६०जना पढाउने गरेकाे उक्त विद्यालयकी प्रध्यानाध्यापक भगवती रिमालले दुखेसो पाेखिन् ।उनले भनिन दुबै कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पठाउँदा हाेहल्ला हुने ,विषयवस्तु पनि फरक हुनेभएकाले प्रभावकारी रुपमा पढाइ सञ्चालन नभइ दिनकाट्ने र विद्यार्थी भुलाउने काम भएको बताइन । पानी परिरहन्छ सबै भवनका भित्ताहरु चर्किएका (जिर्ण) छन ,अरु ठाउँ लिउँ भने २०० विद्यार्थी अटाउने भवन छैनन ,जिल्ला ,प्रदेश र स्थानीय सरकारले समेत चासाे दिएका छैनन ,नगरपालिका बाट पाेहाेर पैसा छुट्याएनन याे साल एकडेढ लाख छुट्याएका छन भन्ने सुनिन्छ कहिले अाउने हाे थाहा छैन । छाप्नेमा रहेका चारवटा विद्यालय झन्डै ५०० विद्यार्थीहरु जाेखिम कक्षामै बसेर अध्ययन गर्दछन ।भाैगाेलिक हिसाबले ठुलाे र बिकट ठाउँका रुपमा चिनिएकाे छाप्ने लाई शिक्षा ,स्वास्थ्य,यातायात ,बजेटमा नगरपालिकाले उपेक्षित गरेकाे पञ्चपुरी नगरपालिका वडा नम्बर ७ का वडासदस्य कमल बयकले बताए ।उनले भने नगरपालिका बाट बजेट बिनियाेजन गर्दा पनि अन्य विकसित वडाहरु जस्तै बराबर बाँडिन्छ।धेरै पुर्वाधारकाे अभाव भएकाले भाैगाेलिक अाधारलाइ ध्यानमा राखि बजेट बिनियाेजन गरिदिन हुन नगरपालिकालाई अाग्रह समेत गरे । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले साविक छाप्नेमा रहेका विद्यालयलाई केही बजेट छुट्याइएको जानकारी दिए ।उनले भने चिउरी अाधारभुत विद्यालयलाइ जिल्ला शिक्षा बाट एक लाख एघार हजार,नगरपालिका बाट पनि डेढलाख छुट्याइएको छ अन्य सँघसँस्था सँग समन्वय गरि भवनमा कति रकम लाग्छ प्रत्यक्ष अनुगमन गरि सँसाेधित नगरपरिषद बाट पनि बजेट छुट्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *